विष्णुप्रसाद देवकोटा
डोल्पा,कात्तिक १० गते ।डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने छलगाडमा पक्की पुलको निर्माण कार्य छठ पछि शुरु गरिने भएको छ ।
भेरिकरिडोर सडक अन्र्तगत पर्ने उक्त पक्की पुलको निर्माण कार्य वाइपी एमआर जेभि भरतपुर चितवनले शुरु गर्ने भएको हो ।
२०८३ साउन भित्रमा सम्पन्न गरि सक्नु पर्ने पुलको छठ पछि निर्माण कार्य शुरु गरिने गरि अहिले लेआउटको काम अन्तिम चरणमा पुगेको पुल निर्माणको जिम्मेवारी पाएको वाइपी एमआर जेभीका आधिकारिक प्रतिनिधि सागर भट्टराईले जानकारी दिनु भयो ।
एउटा मात्र स्पाम रहने पक्की पुलको निर्माण अवधी ४२ महिना मध्ये ९ महिना पुलको डिजाइनको समय रहेकोमा डिजाइन लगायत लेआउटको काम सम्पन्न भएको छ ।
अबको ३३ महिना भित्रमा पुल निर्माण भईसक्ने वाइपी एमआर जेभिका प्रतिनिधि भट्टराईले बताउनु भयो ।छलगाडमा निर्माण हुने पुल ४० मिटर लम्बाई ११ मिटर चौडाईको हुने छ ।
भेरिकरिडोर सडक खण्ड अन्र्तगतको डोल्पाको त्रिपुरासुन्दरी–१ छलगाडमा पुल नहुँदा सवारी आवागमनमा समस्या हुदै आएको छ ।वाइपी एमआर जेभि भरतपुर चितवनले डोल्पामा पर्ने छलगाड, खदाङ लगायत जाजरकोटको तल्लु र रुकुम पश्चिमको अनाहज्युला जोड्ने भेरिनदी माथिको पक्की पुल निर्माणको जिम्मेवारी पाएको छ ।तल्लु र खदाङमा हाल अस्थाई रुपमा बेलिब्रिज पुल निर्माण भई सवारी साधन संचालनमा छन ।
तर छलगाड खोला माथि बेलिब्रिज पुल नभई एकैसाथ पक्की पुल निर्माण गरिने भएकाले पहिलो प्राथमिकतामा राखेर छिटोभन्दा छिटो निर्माण गर्ने गरि काम शुरु गरिने वाइपी एमआर जेभिका प्रतिनिधिको भनाई छ ।
स्थानीय अवरोध लगायत कानुनी अडचन नआएमा आगामी वर्ष २०८२ को असार मसान्त भित्रमा पक्की पुल निर्माण गरि सक्ने निर्माण कम्पनीले जनाएको छ ।
पुल निर्माणको लागि प्रयाप्त बजेट विनियोजन भएको र त्रिपुरासुन्दरी नगरपालिकाका मेयर जनचन्द्र रोकाया लगायतको पहल सकरात्मक रहेकाले पुल निर्माण छिटोभन्दा छिटो सम्पन्न गरिने निर्माण कम्पनीका प्रतिनिधि सागर भट्टराईले बताउनु भयो ।
जाजरकोटको तल्लुबगरस्थित भेरिनदि माथिको पुल डोल्पाको खदाङस्थित हरियापानी र छलगाड खोला माथि गरि तीन ओटा पक्की पुल निर्माणको लागि ३६ करोडमा वाईपी एमआर जेभिे भरतपुर चितवनले जिम्मेवारी लगेको छ ।