विष्णुप्रसाद देवकोटा
डोल्पा,कात्तिक १० गते ।अशिक्षा र चेतनाको कमिले डोल्पाली समाजमा बढदो बालविवाह र महिला हिँसा विरुद्द डोल्पाका विभिन्न स्थानहरुमा सचेतनामुलक सडक नाटक प्रदर्शनी गरिएको छ ।
महिला सशक्तिकरण केन्द्र डोल्पाको आयोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोग तथा ठूलिभेरी र त्रिपुरासुन्दरी नगरपालिकाको समन्वयमा सडक नाटक प्रर्दशन गरिएको हो ।
कर्णली प्रदेश माननीय उर्मिला विश्वकर्मा प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत प्रहरी नायव उपरिक्षक हरिकृष्ण केसी लगायत सवसाधारणको उपस्थितीमा सदरमुकाम दुनै ठूलिभेरीनगरको वडानम्वर ५ र ६ का साथै नगर केन्द्र जुफालमा समेत सचेतनामुलक सडक नाटक प्रर्दशन गरिएको थियो ।
बालविवाहले जीवनमा पर्न सक्ने समस्या कानुनी ब्यवस्था र यसले भविश्यमा ल्याउने पारिवारिक संकटका साथै घरेलु हिंसाले निम्त्याउने पारिवारिक समस्या यसको दिर्र्घकालिन असर कानूनी ब्यवस्था लगायत शिक्षा दिक्षामा पर्ने असरका बारेमा केन्द्रित रहेर सडक नाटक प्रर्दशनी गरिएको महिला सशक्तिकरण केन्द्र डोल्पाका कार्यकारी निर्देश रणबहादुर कार्कीले जानकारी दिनु भयो ।
ठुलिभेरी नगरपालिकाका विभिन्न स्थानमा बालविवाह र महिला हिंसा विरुद्द सडक नाटक प्रर्दशनी गर्दै आएको केन्द्रले चौथो मेयर कप भलिबल तथा जिल्लास्तरी ब्याडमिन्टन प्रतियोगिताको समुदघाटन अवसर पारेर त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र त्रिपुराकोटबगर बजारमा समेत सडक नाटक प्रर्दशन गरिएको छ ।
सडक नाटक प्रर्दशनीका क्रममा स्थानीय नाट्य कलाकारले बालविवाहको कारुणिक अवस्था महिला हिँसाले निम्त्याएको पारिवारिक संकट लगायतका सचेतनामुलक सन्देश दिने अभियन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सडक नाटकको उद्देश्य त्यसले समाजमा दिन खोजेको सन्देश उदेश्य र सचेत नागरिकले बालविवाह र महिला हिंसा विरुद्दको अभियानमा खेल्नु पर्ने भूमिकाको बारेमा सशक्तिकरणका कार्यकारी निर्देशक रणबहादुर कार्कीले प्रकाश पार्नु भएको थियो ।
मेयरकप खुला पुरुष भलिबल तथा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता स्थल त्रिपुराकाेटमा प्रस्तुत गरिएकाे सडक नाटक कर्णाली प्रदेशका पुर्व सामाजिक विकास मन्त्री तथा माननीय बीरबहादुर शाही पुर्व खानेपानी सिचाई तथा जलस्राेत मन्त्री तथा माननीय उर्मिला विश्वकर्मा नेकपा एमालेकी केन्द्रीय सदस्य बदमी क्वारी बुढा नगरप्रमुख जनचन्द्र राेकाया उपप्रमुख देवि घर्ती लगायत सर्वसाधारणले गम्भीर रुपले ग्हण गर्नु भएकाे थियाे ।