डाेल्पा, पुस १५ गते ।नेपाली सेनाले जाजरकोट-डाेल्पा सडक हस्तान्तरण गरेकाे पनि पाँच बर्ष एक महिना भयाे ।
भेरिकरीडाेर अन्तरगतकाे जाजरकोट-डाेल्पा सडक निर्माणको जिम्मा लिएकाे नेपाली सेनाले २०७५ मङ्सिर ४ गते सडककाे ट्रयाक खाेल्ने काम सम्पन्न गरेर नेपाल सरकार सडक विभागलाई हस्तान्तरण गरेकाे थियाे ।
आब २०६५/०६६ देखि जाजरकोटकाे पासागाडलाई शुरुवाती विन्दु मानेर डाेल्पाकाे सदरमुकाम दुनै सम्मकाे सडककाे ट्रयाक खाेल्ने काम नेपाली सेनाले गरेकाे थियाे ।
तर सडककाे ट्रयाक खाेलेर सडक नेपाल सरकारलाई हस्तान्तरण भएकाे पाँच बर्ष वित्तिसक्दा नेपाली सेनाले त्यसताका सडक निर्माणमा प्रयाेग गरेका दुई दर्जन कम्प्रेसर मेसिन भने सडकमा बेवारिसे बनी कवाडीमा परिणत हुँदै गएका छन ।
जाजरकोट-देखि डाेल्पाकाे सदरमुकाम सम्म सडककाे ट्रयाक खाेल्ने काम सम्पन्न गरेर सदरमुकाम दुनै देखि ल्यासिक्याप हुँदै उपल्लो डाेल्पाकाे धाे सम्मकाे सडक निर्माणको जिम्मेवारी पाएर ट्रयाक खाेल्ने आसामा केही समय पर्खाईमा रहेकाे नेपाली सेना अन्ततोगत्वा जिम्मेवारी नपाएपछि त्रिपुरासुन्दरी नपा-५/६ मा पर्ने खदाङ निर्माण बेसक्याम्पबाट २०७५ काे अन्त्यमा फिर्ता भयाे ।
उपल्लो डाेल्पा सम्मकाे सडक निर्माणमा प्रयाेग गर्न सकिने गरि डाेल्पाका विभिन्न ठाउँमा राखिएका कम्प्रेसर मेसिन नेपाली सेनाले सडक हस्तान्तरण गरेकाे लामाे समय वित्तिसक्दा पनि कुनै जिम्मेवारी नपाएपछि अन्याेलतामा बेवारिसे जस्तै बनी कवाडीमा परिणत भईरहेका छन ।
तत्कालिन जाजरकोट-डाेल्पा सडक निर्माण कार्यदलका प्रमुख कर्णेल बिश्वबन्धु पहाडीले सदरमुकाम दुनैदेखि उपल्लो डाेल्पा सम्मकै जिम्मेवारी नेपाली सेनाले लिएर सडक निर्माण गर्ने थियाे तर विविध राजनितीक चलखेलले जिम्मेवारी प्राप्त हुन नसकेको बताए ।
कहिले माथिल्लो डाेल्पाकाे जिम्मेवारी पाइयाे भने दुनै देखि माथि बढ्दा मेसिन चाहिन्छ भनेर राख्यौं ।तर लामाे समयसम्म अन्याेल भयाे यसले गर्दा कडाचट्टानि भिर खाेल्न ड्रिल मेसिनलाई प्रेसर दिन प्रयाेग गरिने कम्प्रेसर मेसिन राख्दा राख्दा खिया लागि कवाडीमा परिणत हुन थालेकाे कर्णेल पहाडीले स्विकारे ।
उनले भने नेपाली सेना डाेल्पा छाेड्दा जाजरकोट -डाेल्पा सडक खण्ड अन्तरगत एक दर्जन बढि ठाउँमा पुल नभएकाले ढुवानी समस्याले तेतै थन्क्याएर राख्नु परेकाे हाे ।हेलि अर्थात अन्य माध्यमबाट फिर्ता ल्याउदा खरिद मूल्य भन्दा बढी खर्च हुने कतिपय सडक निर्माणको क्रममा विग्रेर काम समेत नलाग्ने भएकाले पनि सडक निर्माण स्थलमै छाडिएकाे कर्णेल पहाडीकाे भनाई थियाे ।
पछिल्लाे समय दुनै देखि उपल्लो डाेल्पा जाेड्ने सडक निर्माणकाे जिम्मेवारी पुन नेपाली सेनालाई दिनु पर्ने माग भइरहेकाे छ ,यदि सेना वा अन्य निकायले पाएपनि त्यस समय प्रयाेग गर्न मिल्ने कण्डिसन ठिक भएका कम्प्रेसर मेसिन प्रयाेग आउने पनि तत्कालीन सडक निर्माण कार्यदलका प्रमुख कर्णेल पहाडीले बताए ।