ताजा समाचार

युवा मानवअधिकार रक्षकका सवालमा सरोकारवालासँग समन्वयात्मक कार्यक्रम

विष्णुप्रसाद देवकोटा

डोल्पा, असार ७ गते। मानवअधिकार तथा सामाजिक न्याय प्रवर्द्धन गर्ने उद्देश्यका साथ डोल्पामा ‘युवा मानवअधिकार रक्षकका सवालमा सरोकारवालासँग समन्वयात्मक कार्यक्रम’ गरिएकाे छ।

सदरमुकाम दुनैस्थित सिद्धार्थ होटलमा आयोजना गरिएको कार्यक्रम जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल र ग्रामीणमुखि युवा अभियान नेपालको आयोजनामा  भएको हो। कार्यक्रममा कर्णाली प्रदेशका परियोजना संयोजक सन्तोष विकले सहजकर्ताको भूमिका निर्वाह गरेका छन ।

कार्यक्रमको अध्यक्षता तुफान डाँगीले गरेका छन भने नागरिक समाज डोल्पाका अगुवा शेरबहादुर बुढा प्रमुख अतिथिका रूपमा सहभागी छन। स्वागत मन्तव्य मानवअधिकार सञ्जालकी उपाध्यक्ष हिरा विकले राखेकी थिइन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघसँग आवद्ध सञ्चारकर्मीहरू, मानवअधिकारका क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको छ । सहभागीहरूले युवा मानवअधिकार रक्षकहरूका चुनौती, सुरक्षाको सवाल र अन्तरसंस्थागत समन्वयको आवश्यकताबारे आफ्ना धारणा राखेका छन।

कार्यक्रमले जिल्ला तहमा मानवअधिकारका सवालमा युवा नेतृत्व र संस्थागत सहकार्यको सशक्त आवश्यकता औंल्याएको छ।

तपाईको प्रतिक्रिया