डाेल्पान्युज डेक्स
सदरमुकाम दुनै भएर बग्ने भेरी नदीकाे वहाव उच्च रहेकाे छ ।निरन्तरकाे बर्षापछि नदिकाे सतह १.५ मिटर भन्दा माथि बढ्दै गएकाे छ ।
काईके गाउँपालिकाकाे लावन बगरस्थित भेरी नदीकाे बहाव ( सतह) बेलुकी ५ बजे मापन गर्दा गज रिडरमा नदी सतह १.५ मिटरभन्दा माथि बढेको पाइएको हाे।
लगातारको बर्षाले बढ्दै गएकाे नदीकाे सतहले जतिखेर जस्ताेसुकै विपद निम्त्याउन सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय डाेल्पाले आग्रह गरेकाे छ।
निरन्तर वर्षा संगै ठुलीभेरी नदीकाे बहाव बढेकाेले आसपास बसाेबास गर्ने डाेल्पा, जाजरकोट, रुकुम पश्चिमका स्थानीय बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न सामाजिक सन्जाल मार्फत सुचना जारी गरेर जिल्ला प्रशासन कार्यालय डाेल्पाले आग्रह गरेकाे छ ।