अनेकन उकाली ओरालीका बीच हिमाली जिल्लाकाे दुनैमा अवस्थित डाेल्पाे क्याम्पसले क्याम्पस सभा सम्पन्न गरेकाे छ ।क्याम्पस संचालक समितिका अध्यक्ष याेगेन्द्र बहादुर शाहीकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकायाकाे प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएकाे हाे ।
तत्कालीन क्याम्पस प्रमुख धनन्जय सुवेदीले क्याम्पसकाे इमेल सहित क्याम्पसका महत्त्वपूर्ण डाटाहरु डिलेट गरेर गएकाे हुदा काम गर्न कठिनाई भएकाे क्याम्पस प्रमुख बिष्णुलाल बुढाले बताउनुभयो। क्याम्पसलाई पुन सुन्यवाट चलायमान बनाउनु पर्ने अवस्था रहेकाे उहाँकाे भनाई थियाे ।
जिल्लाकाे शैक्षिक विषय र वबृहत्तर विकासमा चिन्तन गर्नु आवश्यक रहेकाे जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकायाले बताउनुभयो । लामाे समय सम्म संचालक समितिमा दिग्गज अनुभवी व्यक्तिहरु हुदा पनि क्याम्पस आंगिक हुन नसकेको भन्दै अब प्रक्रिया सुरु गर्न अनुरोध गर्दै जिससकाे तर्फबाट साथ सहयाेग रहने उहाँले बताउनुभयो।
डाेल्पाे क्याम्पसलाई आंगिक क्याम्पस बनाउन सबै पुर्वाधार निर्माणका साथै डकुमेन्टेसनका सबै प्रक्रिया पूरा भैसकेको हुदा सम्बन्धित ठाउँमा पहल गर्न जिल्लाका जिम्मेवार निकायलाई डाेल्पाे क्याम्पस संचालक समितिका अध्यक्ष याेगेन्द्र बहादुर शाहीले आग्रह गर्नु भयाे ।क्याम्पसकाे समग्र विकासको लागि रातदिन नभनि सबै संग समन्वय गरिरहेको उहाँकाे भनाई थियाे ।
डाेल्पाे क्याम्पसकाे शैक्षिक गुणस्तर सुधार गर्नकाे लागि सबैको साथ सहयाेग आवश्यक रहेकाे क्याम्पस संचालन समिति सदस्य तथा पुर्व कर्णाली प्रदेश सदस्य बदमी क्वारी बाेहाेराले बताउनुभयो।
पछिल्लो समय डाेल्पाे क्याम्पसमा केही परिवर्तन भएकाेमा खुसी व्यक्त गर्दै व्यवस्थित तरिकाले शैक्षिक गुणस्तरमा ध्यान दिनु अवकाे आवश्यकता रहेकाे नेपाली कांग्रेस डाेल्पाका पार्टी सचिव हिक्मत शाहीले बताउनुभयो। घर आगानमै रहेकाे क्याम्पसहरुलाई सुरक्षित गर्न सकेनौं भने भावि पुस्तालाई असहज हुने समेत उहाँले बताउनुभयो।
डाेल्पाे क्याम्पसलाई आंगिक क्याम्पस बनाउन जरुरी रहेकाे सचिव शाहीकाे भनाई थियाे ।डाेल्पाे क्याम्पसकाे शैक्षिक गुणस्तरकाे विकास गर्न स्थानीय सरकार , शैक्षिक व्यक्तित्वहरुले विशेषगरी ध्यान दिन आवश्यक रहेकाे सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीले बताउनुभयो।
क्याम्पसमा विकास हुनु भनेकाे डाेल्पाका सबै माध्यमिक विधालय पनि सफल हुने भएकाेले शिक्षामा सबै निकाय ध्यान जान जरुरी रहेकाे सप्रजिअ ज्ञवालीकाे भनाई थियाे ।
डाेल्पाे क्याम्पस सभालाई शुभकामना दिदै हिजाेकाे दिनमा के कस्ताे भयाे भन्दा पनि त्यसलाई सिकाइको रुपमा लिएर क्याम्पस बिकास र शैक्षिक गुणस्तरकाे लागि सल्लाह सहकार्यकाे खाचाे रहेकाे सामाजिक अभियान्ता ओमेन्द्र केसीले बताउनुभयो।
शैक्षिक संरचनाहरु बलियाे भएन भने कुनैपनि क्षेत्रमा विकासकाे सम्भावना नभएकोले शैक्षिक गुणस्तरका संरचनामा ध्यान दिनु पर्ने आवश्यक रहेकाे उधाेग बाणिज्य संघ डाेल्पाका अध्यक्ष लालिमान बुढाले बताउनुभयो।
आआफ्नाे जिम्मेवारी के हाे त्याे त्याे पूरा गरे परिवर्तन गर्न संभव रहेकाे हुदा त्यसमा ध्यान दिनुपर्ने ठुलीभेरी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तेजेन्द्र बहादुर राेकायाले बताउनुभयो।सम्पन्न
क्याम्पस सभा २०८१ बाट क्याम्पस प्रशासनले प्रस्तुत गरेकाे, बार्षि प्रतिवेदन, क्युएए काे मापदण्ड पूरा गरि क्यूएएमा जाने, पक्की भाैतिक संरचना निर्माणका लागि त्रिभुवन विश्व विधालयमा पेस गर्ने, विधार्थी संख्या भाैतिक संरचना भएकाे हुदा साविकाे भन्दा माथिल्लो तह स्नातकोत्तर तह अध्ययन अध्यापनकाे लागि सम्बन्धित ठाउँमा पेश गर्ने, क्याम्पसकाे भाैतिक विकासकाे लागि विभिन्न प्रक्रिया पूरा गरि भारतीय दुतावासमा पेश गर्ने लगाएतका निर्णय पारित गरिएको छ। ।