डाेल्पा,मङ्सिर १४ गते ।त्रिपुरासुन्दरी नगरपालिकाका उनन्तीस वटै विद्यालयका बालवालिकालाई जुकाकाे आैषधी खुवाउने अभियान शुरु भएकाे छ ।
नगरपालिकाका नगरप्रमुख जनचन्द्र राेकायाकाे अध्यक्षतामा मङ्सिर १३ गते बसेकाे स्वास्थ्य शाखाकाे बैठकले नगरका २९ वटै विद्यलयमा रहेका बालवालिकालाई जुकाकाे आैषधी खुवाउने निर्णय गरेकाे थियाे ।
प्रत्येक जिल्लामा रहेका प्रत्येक विद्लयका बालवालिकालाई जुकाकाे आैषधी खुवाउने नेपाल सरकारकाे राष्ट्रिय कार्यक्रम थियाे ।
तर अन्य स्थानीय तहहरुमा विगतका बर्षदेखि संचालन हुँदै आएकाे भएपनि संगियता लागू भएदेखि त्रिपुरासुन्दरी नगरपालिकामा भने याे अभियान शुरु सम्म भएकाे थिएन ।
लामाे समयपछि नगरपालिका स्वास्थ्य शाखाकाे निर्णय अनुसार नगर अन्तरगतका सबै विद्यालयमा बालवालिकालाई जुकाकाे आैषधी खुवाउन आबश्क आैषधी सहित स्वास्यकर्मी परिचालन भई आैषधी खुवाउने अभियान शुरु भएकाे स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठले जानकारी दिए ।
बालवालिकामा जुकाकाे संक्रमण हटाउने उद्देश्यले हरेक वर्षकाे जेठ र मङ्सिर महिनामा जुकाकाे आैषधी खुवाउने कार्यक्रममा उल्लेख भएकाे र अब देखि निर्धारित समयमा नै बालवालिकालाई जुकाकाे आैषधी खुवाईने स्वास्थ्य शाखा प्रमुख श्रेष्ठकाे भनाई छ ।
त्रिपुरासुन्दरी नपा-१् स्थित त्रिपुरामावि काटियाचाैर र मदरल्याणड फाेक्सुण्डाे एेकेडेमिका बालवालिकालाई पहिलाे दिनमा जुकाकाे आैषधी खुवाइएकाे हाे ।