डोल्पा,कार्तिक २६ गते ।जिल्लाका क्रियासिल स्याउ कृषकहरुलाई पाँच दिने फलफूल प्रशोधन तालिम दिइएको छ ।
बागवानी बिकास केन्द्र जुफालको आयोजनामा पाँच दिन फलफूल प्रशोधन तालिम दिइएको हो ।
पाँच दिन सम्म संचालन भएर सम्पन्न भएको प्रशोधन सीप विकास तालिममा त्रिपुरासुन्दरी नगरपालिका,ठूलिभेरीनगरपालिका र मुड्केचुला गाउँपालिकाका बयालीस जना क्रियासिल स्याउ कृषकको सहभागिता रहेको थियो ।
स्याउवाट के कस्ता परिकार बनाएर कृषकले आर्थिकोपार्जन गर्न सक्छन स्याउवाट के कसरी आर्थिक लाभ लिन सकिन्छ भनेर स्याउवाट बनाइने स्याउ जाम जुस जामजेली अचार र स्याउको सुकुटी(चाना)बनाउने तरिका र सीप सम्बन्धि सहभागि कृषकहरुलाई तालिम दिइएको बागवानी बिकास केन्द्र जुफालका प्रमुख सम्पती बुढाले जानकारी दिए ।
तालिमका सहभागिहरुलाई फलफूल प्रशोधन स्थानीय विज्ञ रामबहादुर बुढा तिलक शाही जुद्दलाल बुढा कार्यालय प्रमुख सम्पती बुढा र डिल्ली बोहोराले पाँच दिन सम्म स्याउबाट के कस्ता परिकार बनाउने सीप विकास र आर्थिकोपार्जन सम्बन्धि प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणकै क्रममा सहभागि कृषकहरुले स्याउको जाम,जेली जुस अचार र सुकुटी समेत तयार गरेका छन ।
बर्षनी कृषकको बारी स्याउ उत्पादन हुने तर बजारीकरणको अभावमा कुहिएर खेर जाने गरेकोमा फलफूल प्रशोधन अन्र्तगत स्याउको जाम,जेली जुरस र सुकुटी बनाउने सीप विकास सम्बन्धि ज्ञानले कृषकलाई स्याउबाट सहज रुपमा आर्थिक लाभ लिन मद्दत पुग्ने छ ।
तालिम समापन कार्यक्रममा बागवानी बिकास केन्द्रका प्रमुख सम्पती बुढा प्रशिक्षक तिलक शाही र रामबहादुर बुढावाट सहभागि कृषकहरुलाई सीप ज्ञान प्राप्त प्रमाण पत्र समेत वितरण गरिएको थियो ।