ताजा समाचार

विविध कार्यक्रम गरेर डाेल्पामा मनाइयो श्रीकृष्ण जन्माष्टमी

विष्णुप्रसाद देवकोटा

साउन ३१ गते ।प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व विविध कार्यक्रम गरेर मनाइएको छ ।याे  अवसरमा डाेल्पाकाे श्रीबालात्रिपुरासुन्दरी याेगमाया भगवती मन्दरमा विशेष मेला लागेकाे छ ।

याे अवसरमा मन्दिरमा  भक्तजनको भीड लागेको छ ।वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा आज  डाेल्पाका विभिन्न गाउँबस्तीबाट भगवान् श्रीकृष्णको पूजा–आराधना गर्न भीड लागेकाे हाे ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’काे रुपमा मनाइने गरेकाे मन्दिरका पुजारी टंकप्रसाद उपाध्यायले बताए ।

मेलामा श्रीकृष्णले खेलेका विभिन्न लिलाहरु गाेपि र गाेपिनी रुप,बाललिला,गाइजात्रा,धानराेपाई पैसरी नाच लगायतकाे लिला प्रदर्शन गरिएकाे छ ।दिनभर विभिन्न कृष्ण लिला प्रस्तुत गरेर रातकाे मध्यसमयमा कंशकाे बधस्वरुपकाे लांखे काटिने मन्दिरका पुजारी देबिकृष्ण उपाध्यायले बताए ।

तपाईको प्रतिक्रिया