ताजा समाचार

एक लाख बीस हजार बढी किशोरीलाई एचपीभी खोप लगाइदैँ

कर्णाली प्रदेशमा १ लाख २० हजारभन्दा बढी किशोरीहरू लक्षित

नेपाल सरकारले सातै प्रदेशमा एकैसाथ खोप अभियान सञ्चालन गरिरहेको छ। कर्णाली प्रदेशमा मात्र १ लाख १२ हजार ५१० किशोरीहरूलाई लक्षित गरिएको छ। यसमध्ये २१ हजार ६५७ जना नियमित खोप अन्तर्गत ९८ हजार ८५३ जना अभियान अन्तर्गत लक्षित छन्। सबैभन्दा बढी किशोरी लक्षित जिल्ला सुर्खेत हो, जहाँ २८ हजार ३४० जनाले खोप लगाउने अनुमान गरिएको छ।

पाठेघरको मुखको क्यान्सर: विश्वव्यापी चिन्ता

एच.पी.भी. भाइरस पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक हो। हाल विश्वभर ५ लाखभन्दा बढी महिला संक्रमित छन् भने हरेक वर्ष ३ लाखभन्दा बढीको मृत्यु हुने गरेको छ। वैज्ञानिकहरूले सन् २०३० सम्म यो संख्या ४ लाख पुग्न सक्ने अनुमान गरेका छन्। नेपालमा हरेक वर्ष करिब २ हजार १६९ महिलामा संक्रमण देखिन्छ भने १ हजार ३०० भन्दा बढीको मृत्यु हुने गरेको छ। औसतमा नेपालमा दैनिक ४ जना महिलाले यो रोगका कारण ज्यान गुमाइरहेका छन्।

विश्व क्यान्सर दिवसमा विशेष रूपमा सुरू

विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को अवसर पारेर नेपाल सरकारले एच.पी.भी. खोप अभियानलाई प्राथमिकता दिएको हो। सरकारको लक्ष्य पहिलो चरणमै ९० प्रतिशत लक्षित किशोरीहरूलाई खोप प्रदान गर्नु हो।

खोपको सुरक्षा र प्रभावकारिता

एच.पी.भी. खोप अत्यन्त सुरक्षित र प्रभावकारी मानिन्छ। विश्व स्वास्थ्य संगठन (WHO) र नेपाल सरकारको औषधि व्यवस्था विभागले यसको प्रयोगका लागि स्वीकृति दिएको छ। खोप लगाएपछि सामान्य असरहरू देखिन सक्छन्, जस्तै ज्वरो, टाउको दुखाइ, वा वाकवाकी, तर यी लक्षणहरू केही समयमै आफैं ठीक हुने बताइएको छ।

सरकारको पहलले क्यान्सर नियन्त्रणमा योगदान गर्ने विश्वास

नेपाल सरकारको यो खोप अभियानले किशोरीहरूलाई एच.पी.भी. संक्रमणबाट सुरक्षित राख्दै पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउने विश्वास गरिएको छ। विशेष गरी दुर्गम क्षेत्रका किशोरीहरूले खोप पाउने सुनिश्चित गर्न कर्णाली प्रदेशमा स्थानीय तहहरू र स्वास्थ्य संस्थाहरूसँग समन्वय गरिएको छ।

अभिभावकहरूलाई आफ्ना छोरीहरूलाई खोप लगाउन प्रेरित गर्न आग्रह गरिएको छ, किनकि प्रारम्भिक उमेरमै खोप लगाउँदा दीर्घकालीन रूपमा रोगबाट सुरक्षित रहन सकिन्छ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!