ताजा समाचार

डाेल्पाकाे जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण अघि बढाउन निर्देशन

डाेल्पान्युज डेक्स

डोल्पा । डोल्पाको १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढाउन सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ। सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले कानुनी प्रक्रिया पूरा गरी काम अगाडि बढाउन सम्बन्धित निकायलाई आग्रह गरेको हो।

सिनो हाइड्रो कम्पनीको ठेक्कासम्बन्धी उजुरीका कारण दुई महिनादेखि रोकिएको निर्माण कार्यबारे समितिले सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले थप छलफल आवश्यक नरहेको जनाएको छ।

कानुनी प्रक्रिया पूरा गरी काम अघि बढाउनुपर्ने निष्कर्ष निकालेको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए।

अहिले जगदुल्ला हाइड्रोपावर कम्पनी निर्माणका लागि ठेक्का प्रक्रियामा विवाद हुँदा दुई महिनादेखि निर्माण कार्य रोकिएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए।

कर्णालीका सांसद वीर बहादुर शाही र संघीय सांसद धन बहादुर बुढाको ध्यानाकर्षणपछि समिति सक्रिय भएको हो।

तपाईको प्रतिक्रिया