ताजा समाचार

ल्हाँस्थित नेपाल टेलिकमकाे टावर विग्रदा  एकसाता देखि पाचं गाउँबस्तीका बासिन्दा संचार विहिन

डाेल्पान्युज डेक्स

त्रिपुरासुन्दरी नगरपालिका वडा नम्वर ५ र ६ मा अवस्थित  पाँच गाउँबस्तीका बासिन्दा तीन दिन देखि संचार विहिन भएका छन ।

ल्हाँगाउँबस्ती भन्दा माथिकाे लेकमा रहेकाे नेपाल टेलिकमको टावरमा समस्या भएपछि उक्त क्षेत्रका ल्हाँ,फुल्चिङ खदाङ पालङ र करबगाड गरेर पाँच  गाउँबस्तीका बासिन्दा संचार विहिन भएका हुन ।

ल्हाँ गाउँका बासिन्दा जुद्दबहादुर राेकायाले आफुहरु एक सातादेखि संचार विहिन बनेकाे बताउनु भयाे ।नेपाल टेलिकम दुनैका प्रमुख दयाविक्रम केसीले शनिवार देखि सिस्टम डाउन भएकाे देखाएकाे बताउनु भयाे ।

अविरल बर्षाले घाम नलाग्दा साेलार पावर प्याकप कम भएर एमसिपी डाउन भएकाे हुन सक्ने केसीले बताउनु भयाे ।ल्हास्थित टावर मात्र नभएर अन्य क्षेत्रका टावरमा समेत समस्या आउने गरेपनि घाम लागेपछि भने सुचारु हुने गरेकाे टेलिकमले जनाएकाे छ ।

घाम लागेकाे अवस्थामा समेत ल्हाँकाे टावर  सुचारु नभई सिस्टम डाउन देखाएकाले फिल्डमा नपुगेर के भएकाे हाे भनेर यसै भन्न नसकिने प्रमुख केसीले बताउनु भयाे ।अवरुद्ध संचार सुचारुकाे लागि यथाशीघ्र नेपाल टेलिकमले फिल्डमा प्राविधिक खटाउन स्थानीयले माग गरेका छन ।

तपाईको प्रतिक्रिया