ताजा समाचार

डाेल्पा क्याम्पस संचालक समितिकाे अध्यक्षमा- शाही

डाेल्पाे क्याम्पस दुनैकाे क्याम्पस सभा सम्पन्न भएकाे छ ।चैत १५ गते उद्घाटन भई सम्पन्न भएकाे क्याम्पस सभाले याेगेन्द्रबहादुर शाहीकाे नेतृत्वमा संचालक समिति गठन गरेकाे छ ।

क्याम्पस स्थापनाकाे झण्डै  उन्नाईस बर्ष पछि क्याम्पस संचालक समिति पुनर्गठन भएकाे हाे।पुनर्गठित समितिमा लक्ष्मीकान्त उपाध्याय, लालीमान बुढा, उर्मिला बिश्वकर्मा,शेर बहादुर बुढा, बदमी क्वारा बाेहाेरा, कली थापा, र नारायण थापा सर्वसम्मत सदस्यमा निर्वाचित भएका छन।

बि.सं. २०६१ सालमा स्थापना भएकाे डाेल्पाे क्याम्पसकाे संचालक समिति स्थापनाकालदेखि हाल सम्म तदर्थ  समितिकाे रुपमा थियाे ।

विहिवार अर्थात चैत १५ गते उद्घाटन भई सम्पन्न भएकाे क्याम्पस सभाले शाहीलाई पुन संचालक समितिकाे अध्यक्षमा दाेहाेर्याएकाे छ

अध्यक्ष शाही लगायत केही सदस्यहरु पनि पुन दाेहाेरिएका छन भने थाेरै मात्र नयाँ अनुहार थपिएका छन ।

सदस्यमा आएका अधिकांश क्याम्पस स्थापनाकालमा जग्गा दान देखि विभिन्न सहयाेग गरेका आधारमा चयन गरिएकाे बताइएको छ ।

अध्यक्ष सहित  बाह्र  सदस्यीय संचालक समिति  रहनेमा अध्यक्षले मनाेनित गर्ने २ सदस्य, नगरपालिकाबाट एक पदेन सदस्य, उधाेग बाणिज्य संघबाट एक जना सदस्य र टियु बाट सिफारिस एक सदस्य गरेर ५ सदस्य मनाेनित गर्न बाकीँ रहेकाे डाेल्पाे क्याम्पस दुनैले जनाएको छ ।

गएकाे पुस ५ गते भएकाे भनिएकाे क्याम्पसकाे साधारण सभामा उपस्थिति जनाएको निर्णय पुस्तिकामा क्याम्पस व्यवस्थापन अध्यक्ष सहित सदस्यकाे हस्ताक्षर किर्ते भएकाे भन्ने घटना बाहिरिएपछि डाेल्पा क्याम्पस संचालक समिति विवादमा आएकाे थियाे ।

निर्वाचन या सर्वसम्मत जुन प्रकृयावाट भएपनि ३ वर्ष देखि बढिमा ५ वर्ष सम्म  साधारण सभा गरि नयाँ ब्यवस्थापन समिति चयन गरि सक्नु पर्ने प्रावधान छ ।

पुनर्गठित क्याम्पस संचालक समितिका अध्यक्ष याेगेन्द्र बहादुर शाहीले चैत २८ गतेदेखि संचालन हुन गइरहेकाे परीक्षाकाे तयारी लगायत क्याम्पसलाई नयाँ उचाइमा पुर्याउनकाे लागि आफुले सबैसंग सल्लाहा र परामर्श राखेर काम गर्ने बताए ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!