डाेल्पा,मङ्सिर २८ गते ।नगरपालिकालाई फाेहाेररजन्य पदार्थको प्रदुषर्णबाटमुक्त गर्ने उद्देश्यले पहिलाे पटक फाेहर ब्यवस्थापन कार्ड वितरण कार्यकाे थालनी गरेकाे छ ।
नगरप्रमुख श्ववर्ण बुढाले एक कार्यक्रमका बिच स्थानीय जनप्रतिनिधि र कार्यलय प्रमुखलाई कार्ड वितरण गरेर फाेहाेर ब्यवस्थापन कार्यकाे थालनी गरिएकाे हाे ।स्थानीय जनप्रतिनिधिकाे रुपमा वडानम्वर ३ का अध्यक्ष भक्तबहादुर भण्डारी वडानम्वर १ का अध्यक्ष तेजबहादुर राेकायालाई नगरप्रमुख बुढाले कार्ड वितरण गरेका हुन ।
त्यस्तै गरि जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दामाेदर ज्ञावली जिल्ला प्रहरी कार्रयालयका प्रमुख शिव बुढाथोकी र नगरपालिकाका ईन्जिनियर राजेन्द्र ठकुल्ला लगायतका कार्यालय प्रमुखलाई फाेहाेर ब्यवस्थापन कार्ड वितरण गरिएकाे थियाे ।
फाेहाेर ब्यवस्थापन कार्ड वितरण कार्यक्रममा नगरका प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्साल लेखा अधिकृत सन्ताेष खड्का र कार्यक्रम अधिकृत दन्ता न्याैपाने लगायतकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा नगरप्रमुख श्ववर्ण बुढाले सबैले फाेहाेर ब्यवस्थापन कार्ड लिएर फाेहाेर ब्यवस्थापन कार्यमा सहयाेग गर्न नगरवासी तथा कर्मचारीलाई समेत आग्रह गरे ।