काठमाडौँ — महालेखा परीक्षक तोयम रायाले ६२औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शीतलनिवासमा पेस गरेका छन्। नेपालको संविधानको धारा २९४ अनुसार बुझाइएको प्रतिवेदनमा लेखापरीक्षणको तथ्य, सुधारका सिफारिस, र अद्यावधिक बेरुजुको विवरण समेटिएको छ।
यस वर्ष कुल ५,७५९ कार्यालयको लेखापरीक्षण हुँदै ९४ खर्ब ६२ अर्ब ३६ करोड रुपैयाँको लेखा परीक्षण गरिएको हो।
संघीय निकाय: ३१ खर्ब ६ अर्ब
प्रदेश निकाय: ३ खर्ब ८ अर्ब
स्थानीय तह: ११ खर्ब १८ अर्ब
संगठित संस्था: ४४ खर्ब ७ अर्ब
बेरुजुको अवस्था कुल बेरुजु: ९१ अर्ब ५९ करोड ८८ लाख
संघीय सरकार: ४७ अर्ब ७४ करोड
प्रदेश सरकार: ४ अर्ब २० करोड
स्थानीय तह: २५ अर्ब ३२ करोड
समिति/अन्य संस्था: १४ अर्ब ३३ करोड
अद्यावधिक बेरुजु: कुल: ७ खर्ब ३३ अर्ब १९ करोड
संघीय: ३ खर्ब ७५ अर्ब
स्थानीय: २ खर्ब ९ अर्ब
समिति/अन्य: १ खर्ब १७ अर्ब
पुन: असुल लेखापरीक्षणपछि १४ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ असुल गरिएको उल्लेख छ।
रायाले सूचनाको पारदर्शिता र लेखापरीक्षणको सुधारमा जोड दिँदै प्रतिवेदन सार्वजनिक गरिने बताएका छन्। साथै, प्रदेशगत प्रतिवेदनहरू सम्बन्धित प्रदेश प्रमुखहरूलाई बुझाइएको छ।