ताजा समाचार

डाेल्पाकाे मुड्केचुला गाउँपालिकामा समुदायमा आधारित रेडपाण्डा संरक्षण परियाेजना- २ लागु

विष्णुप्रसाद देवकोटा

डाेल्पामा समुदायमा आधारित रेडपाण्डा संरक्षण परियाेजना-२ लागू भएकाे छ ।रेड पाण्डाको संरक्षणका लागि प्राकृतिक बासस्थान बचाउन, स्थानीय समुदायलाई सचेत गराउन, र कानुनी प्रवर्तनलाई प्रभावकारी बनाउनकाे लागि जिल्लास्थित सराेकारवालासंग सदरमुकाम दुनैमा प्रारम्भिक गाेष्ठीकाे आयाेजना गरियाे ।

महिला तथा दलित उत्थान मन्च डाेल्पाकाे आयाेजना तथा रेडपाण्डा नेटवर्क नामक संस्थाकाे आर्थिक सहयाेगमा कार्यक्रम गरिएकाे हाे ।महिला तथा दलित उत्थान मन्च डाेल्पाका अध्यक्ष चन्द्रबहादुर शाहीकाे अध्यक्षतामा सराेकारवालाहरुकाे सहभागितामा भएकाे कार्यक्रममा समुदायमा आधारित रेडपाण्डा संरक्षण परियाेजनाका कार्यक्रम अधिकृत भरत थापाले डाेल्पामा रेडपाण्डा पाइने स्थान र कार्यक्रमकाे उदेश्य रेडपाण्डा संरक्षणमा खेल्नु पर्ने भुमिकाका बारेमा संक्षिप्त जानकारी गराउनु भएकाे थियाे ।जिल्ला समन्वय प्रमुख श्यामबहादुर राेकायाले कार्यक्रम लागू भएकाे क्षेत्रमा के कति संख्यामा रेडपनण्डा पाइन्छ यसकाे अवस्था के छ भन्ने बारेमा गहिराे अध्यायनका साथै संरक्षणमा प्रभावकारी अभियान संचालनमा जाेड दिनु भयाे ।डाेल्पाकाे मुड्केचुला जगदुल्ला गाउँपालिका र ठुलिभेरी नगपालिकाका बनजङ्गल क्षेत्रमा याे जनावर पाइन्छ ।समुदायमा आधारित रेडपाण्डा संरक्षण परियाेजना -२ भने मुड्केचुला गाउँपालिकामा मात्र लागू छ ।

लाेपोन्मुख रेड पाण्डा (Ailurus fulgens) एक दुर्लभ र लोपोन्मुख जनावर हो, जुन मुख्य रूपमा नेपाल, चीन, भारत, भूटान, र म्यानमारका पहाडी जङ्गलहरूमा पाइन्छ। रेड पाण्डा “पर्वत बाघ” वा “हाब्रे” नामले पनि चिनिन्छ।

रेड पाण्डाको शरीर ५०-६५ सेमी लम्बाइको हुन्छ र यसको पुच्छर मात्र ३०-५० सेमी लामो हुन सक्छ।

तौल ३-६ केजीसम्म हुन्छ।बाक्लो रातो-खैरो रङको रौँ, सेतो अनुहार, र कालो पेट हुन्छ।लामो झुप्पेदार पुच्छरले जाडोमा न्यानो रहन मद्दत गर्छ।रेड पाण्डा नेपालका उच्च पहाडी क्षेत्रमा पाइन्छ, विशेष गरी २,२०० देखि ४,८०० मिटर उचाइका जङ्गलहरूमा।

मुख्य रूपमा बाँसको जङ्गल, ओक, रोडोडेन्ड्रोन तथा अन्य हरियाली वन क्षेत्रमा याे बसोबास गर्छ।

यसले मुख्य रूपमा बाँसको टुसा, पात, जरा, फलफूल तथा साना किरा खान्छ।एक्लै बस्न रुचाउने रेड पाण्डा निशाचर (राति सक्रिय हुने) हुन्छ।याे प्रायजसाे रूखमा चढ्न र त्यहाँ नै सुस्ताउन रुचाउँछ।यसकाे प्रजनन समय सामान्यत: जनवरीदेखि मार्चसम्म हुन्छ।पोथी रेड पाण्डाले १-४ वटासम्म बच्चा जन्माउँछ।यसकाे औसत आयु ८-१२ वर्षसम्म हुन्छ, तर नियन्त्रणमा राखिएका रेड पाण्डाहरू १५ वर्षभन्दा बढी बाँच्न सक्छन्।पछिल्लाे समय वन विनाश (deforestation) र बासस्थानको कमी।

चोरी शिकारी (poaching) तथा अवैध व्यापारका साथै कुकुरबाट सारिने रोगहरू र अन्य प्राकृतिक संकटहरूले गर्दा याे जनावर संकटमा छ ।रेड पाण्डा IUCN को “Endangered” सूचीमा परेको छ।नेपालमा रेड पाण्डा संरक्षणका लागि विभिन्न राष्ट्रिय निकुञ्जहरू (जस्तै लाङटाङ, मकालु-बरुण, कान्जिरोवा आदि) स्थापना गरिएका छन्।

स्थानीय समुदायलाई संरक्षणमा सहभागी गराउने, अवैध शिकार रोक्ने, र पुनर्वास कार्यक्रमहरू सञ्चालन गरिनु आवश्यक छ ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राेम बहादुर महत प्रहरी नायवउपरिक्षक हरिकृष्ण केसी जिल्लास्थित सरकारी कार्यालयका प्रमुख र संचारकर्मीहरुकाे सहभागिता रहेकाे थियाे ।कार्यक्रमकाे संचालन सुकविर राेकायाले गर्नु भएकाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!