विष्णुप्रसाद देवकोटादेश
डोल्पा,पुस २२ गते ।शिक्षा विकासका नविनतम प्रयासहरुको अनुभव र सिकाई बटुल्न हिमाली जिल्ला डोल्पाको ठुलिभेरी नगरपालिका–७ जुफालस्थित आर्दश माविको शैक्षिक भ्रमण टोली छिमेकी राष्ट्र भारतका विभिन्न प्रान्तमा पुगेको छ ।
विद्यालयका प्रधानाध्यापक बालकृष्ण डाँगीको नेतृत्वमा विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी नगरप्रमुख श्ववर्ण बुढा सहित केहि वडाअध्यक्षहरुको सहभागिता रहेको छ ।
शैक्षिक भ्रमण टोलीले लुम्बिनी प्रदेशमा पर्ने बाँके जिल्लाको नेपालगन्जमा रहेको धम्बोजी माध्यमिक विद्यालय सहितका गुणस्तरीय शिक्षा प्रदानमा अब्बल सावित भएका केहि शैक्षिक संस्थाको स्थलगत अवलोकन अनुभव साटासाट गरी विकासका नविनतम प्रयासहरुको अनुभव बटुल्न छिमेकी मुलुक भारतका विभिन्न स्थानहरुमा पुगेको छ ।
शैक्षिक विकास र आर्थिक समृदिका लागि राज्यले खेल्नु पर्ने भूमिका गर्नु पर्ने लगानीकासाथै धार्मिक पर्यापर्यटन र महत्वबारे जानकारी लिन भ्रमण टोली भारतको उत्तराखण्ड अन्र्तगत हरिद्वारमा रहेको बिशाल गंगा नदिमा हजारौ भक्तजनहरुको हरेक समय लाग्ने भीड रआस्था सहितको शिक्षा अनुभव समेत लिइएको प्रअ डाँगीले आफ्नो सामाजिक सन्जाल फेसबुक मार्फत सार्वजनिक गरेका छन ।
पुस १७ गतेदेखि शुरु भएको शैक्षिक भ्रमण शैक्षिक आर्थिक सामाजिक सांस्कृतिक र धार्मिक क्षेत्रमा उल्लेखनीय अग्रता हासिल गरेको भारतका केहि महत्वपुर्ण स्थानहरु स्थलगत भ्रमण सकेर पुस २३ मा टोली फर्कने बताइएको छ ।
शैक्षिक नाम दिइएको विद्यालय भ्रमण टोलीमा विद्यालयका बालबालिका सहभागिता नगराई विद्यालय शिक्षक ब्यवस्थापन समिति पदाधिकारी र जनप्रतिनिधि मात्र सहभागिता गराइएको पाइएपछि भने सामाजिक सन्जालमा केहि सामाजिक सन्जालकर्ताले विद्यार्थी सहभागिता विना भ्रमण अर्थपुर्ण भएको हो की होइन भन्नेमा प्रश्न चिन्ह खडा गरेका छन ।