ताजा समाचार

जिल्ला समन्वय प्रमुख राेकायाद्वारा जगदुल्ला गाउँपालिकाकाे ब्यवस्थापकीय पक्षकाे निरीक्षण

विष्णुप्रसाद देवकोटा

डाेल्पा,मङ्सिर २० गते ।जिल्ला समन्वय प्रमुख श्यामबहादुर राेकायाले जगदुल्ला गाउँपालिकाे ब्यवस्थापकीय पक्ष लगायत  सेवाप्रवाहका सम्बन्धमा अनुगमन निरीक्षण गर्नु भएकाे छ ।

समन्वय प्रमुख राेकायाकाे नेतृत्वमा गएकाे नागरिक समाज गैरसरकारी संस्था महासंघ सहित पत्रकार महासंघका प्रमुख तथा प्रतिनिधि सहितकाे टाेलीले पालिकाकाे ब्यवस्थापकीय पक्षदेखि सेवाप्रवाहकाे स्थलगत निरीक्षण तथा अनुगमन गरेकाे हाे ।

पालिकाकाे प्रशासनिक तथा आर्थिक बित्तीय पक्ष स्वास्थ्य शिक्षा कृषि पशु लगायत पंजिकरण र प्राविधिक पक्षकाे ब्यवस्थाकाे समग्र जानकारी लिदै सेवा प्रवाहमा देखिएकाे समस्या समाधानका उपायका बारेमा समेत  सम्बन्धित पक्षसंग छलफल समेत गरिएकाे थियाे ।

अनुगमन निरीक्षणकाे क्रममा पालिका भित्र रहेका हरेक शाखामा गएर शाखा प्रमुखसंग सेवाप्रवाहमा देखिएका समस्या बजेट तथा कार्यक्रम कार्यान्वयनकाे अवस्था विपद पुर्व तयारी लगायतका पक्षकाे जानकारी लिदै अनुगमन टाेलिले पालिका प्रमुख नारासि राेकाया र निमित्त प्रमुख प्रशासकीय प्रमुख केशवराज जैसीसंग प्रत्यक्ष भेटेर जानकारी लिएकाे थियाे ।

स्थानीय सरकारकाे मापदण्ड र मान्यता अनुरुप कार्यालयकाे भाैतिक संरचना देखि जनशक्ति ब्यवस्थापनमा नमुना याेग्य र उत्कृष्ट  रहेकाे पाइएकाे अनुगमन टाेलिका प्रमुख समन्वय प्रमुख राेकायाले बताउनु भयाे ।

पशु तथा स्वास्थ्य शाखामा यथेष्ट रुपमा आैषधी ब्यवस्थापन भएकाे भएपनि जनशक्ति अभाव रहेकाे अनुगमन टाेलिले जनाएकाे छ ।

अनुगमन टाेलिमा नागरिक समाजका अध्यक्ष शेरबहादुर राेकाया गैह्र सरकारी संस्था महासंघका अध्यक्ष रणबहादुर कार्की संचारकर्मी विष्णुप्रसाद देवकोटा सराेज थापा लेख बुढा र सामाजिक विकास कार्यालयका रामबहादुर बुढाकाे सहभागिता रहेकाे थियाे ।

अनुगमन निरीक्षणकाे क्रममा पालिका अध्यक्ष  र निमित्त प्रमुख प्रशासकीय प्रमुख जैसीले सके सम्म स्थानीय सरकारकाे अनुभुति गराउने प्रयासमा रहेकाे बताउनु भएकाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!