विष्णुप्रसाद देवकोटा,
डाेल्पा,मङ्सिर ८ गते ।
स्वतन्त्र धाधली रहित र निष्पक्ष निर्वाचनका लागि डाेल्पामा उपनिर्वाचन आचासंहिता अनुगमन समितिले ३ बुदे निर्णय पारित गरेकाे छ ।
उपनिर्वाचन आचारसंहिता अनुगमन समितिका संयाेजक समेत रहेका मुख्य निर्वाचन आधिकृत तथा माननीय जिल्ला न्यायधिस चन्द्रदेव भारतिको अध्यक्षतामा बसेकाे बैठकले उक्त निर्णय गरेकाे हाे ।उपनिर्वाचन आचारसंहिता २०७९ कार्यन्वयन गर्न सराेकारवालासंग छलफल तथा अन्तक्रिया गरी ३ बुदे निर्णयहरु गरिएको हाे।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ ल्हाँ मा वडा अध्यक्षको लागि मङ्सिर १६ गते हुन गइरहेकाे उपनिर्बाचनको मिति नजिकिँदै गर्दा निर्बाचन स्वच्छ , निष्पक्ष ,स्वतन्त्र र धाधली रहित तरिकालेले सान्तिपुर्ण रुपमा सम्पन्न गर्नको लागि उपनिर्बाचन आचारसंहिता अनुगमन समितिको बैठकले मिति २०८१ मंसिर २ गतेदेखि निर्वाचन सम्पत्व नभएसम्मका लागि निर्वाचन आयोग नेपालबाट लागु गरिएको निर्बाचन आचारसंहिता २०७९ मा भएको सम्पूर्ण व्यवस्था. (निर्वाचन आचारसंहिताहरु) राजनीतिक दल, दलको भातृ संगठन, उम्मेदवार, कर्मचारी, सुरक्षा निकाय, संचारकर्मी, मतदाता लगायत सम्बन्धित सबैले पालना गर्ने, गराउने र गर्न लगाउने ।
यसैगरी कसैले आचारसंहिता उल्लङ्घन गरेमा आचार – संहिता पालनाको लागि निर्देशन दिने र निर्देशनको पालना नभएमा आवश्यक कार्बाहिको लागि प्रक्रिया अगाडि बढाउने ।
स्थानीय तह उपनिर्वाचन २०८१ स्वच्छ, स्वतन्त्र , निष्पक्ष, भयरहित र शान्तिपूर्ण ढंगबाट सम्पन गर्न आ-आफ्फो तर्फवाट भूमिका निर्वाह गर्ने लगायतका निर्णय गरिएकाे छलफलमा सहभागी जिल्ल अदालत डोल्पाका श्रेष्तादार हरि गोपाल ज्ञावलिले जानकारी दिनु भयाे ।
चुनाब सम्पन्न गर्न सबै जिम्मेवार निकायहरुबाट सहयोगको अपेक्षा गरेको जानकारी गर्दै जिल्ला न्यायाधीश तथा मुख्य निर्बाचन अधिकृत चन्द्रदेब भारतिले सबैले आचारसंहिता पालना गर्न गराउन अनुरोध गर्नुभयो ।
पहिलो पटक सदरमुकाम बाहिर गएको अनुभब बताउदै दुर्गममा काम गर्न समेत गारो हुने , जिल्लामा मुद्दाहरूको बक पत्र , पेशी र फैसला गर्नु पर्ने अर्को तर्फ निर्बाचन सम्पन्न गर्नु पर्ने जिम्मेवारी रहेकाे उहाँको भनाइ थियाे ।
बैठकमा सहभागी प्रमुख जिल्ला अधिकारी रोम बहादुर मतले नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेना समेतका तीन वटै सुरक्षा निकाय परिचालन भएकाे जानकारी दिनु भयाे ।
जिल्ला निर्बाचन अधिकारी श्याम कुमार राईले उपनिर्वाचन २०८१ सम्पन्न गर्न आचारसंहिता सबैले पालना गर्न गराउन अनुरोध गर्नुभयो ।