ताजा समाचार

नेकपा एमाले डाेल्पाकाे साताै जिल्ला अधिबेशन कात्तिक २५ देखि २७ सम्म

डाेल्पान्युज डेक्स

डोल्पा : नेकपा (एमाले) डोल्पाको ७औँ जिल्ला अधिबेशन कार्तिक २५देखी २७ गते सम्म हुने भएको छ । नेकपा (एमाले) डोल्पा संगठन कमिटीको पहिलो बैठकले ७औँ जिल्ला अधिबेशनको मिति कार्तिक २५ देखी २७ सम्म तय गरेको हो ।

बारम्बार मिति तय भएर जिल्ला अधिबेशन सारिए पनि जिल्ला संगठन कमिटीले तोकेको मिति भने अन्तिम भएको नेकपा एमाले जिल्ला समिति डोल्पाका संयोजक लंक बहादुर रोकायाले जानकारी दिए ।

नेकपा (एमाले) कर्णाली प्रदेश ईन्चार्ज,कर्णाली प्रदेश संगठन बिभाग प्रमुख,प्रदेश अध्यक्ष,डोल्पा जिल्ला ईन्जार्च,प्रदेश कमिटी सदस्य एवम भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री सहित अन्य प्रदेश कमिटी सदस्यहरु र बिभिन्न भातृसंगठनका प्रमुख तथा जिल्ला कमिटी सदस्यहरुको उपस्थितिमा जिल्लाको संगठन कमिटी बैठक बसि ७ औँ जिल्ला अधिबेशनको मिति तय गरेको हो ।

जिल्ला संगठन कमिटीको बैठकले अधिबेशनको मिति तोक्नुका साथै अधिबेशनमा नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत प्रमुख अतिथिको निम्तो पठाउने निर्णय समेत गरेको जिल्ला संयोजक लंक बहादुर रोकायाले जानकारी दिए ।

संयोजक रोकायाका अनुसार यो बैठकले अधिबेशन सम्पन्न पार्नका निमित्त बिभिन्न ७ उपसमिति समेत गठन गरेको र आगामी कार्तिक १३ गते जिल्लाका सबै वडा तथा पालिकाहरुबाट ७ औँ जिल्ला अधिबेशनमा भाग लिने प्रतिनिधि समेत वडा तथा पालिकामा छनौट गरी जिल्लामा विवरण पेश गर्ने निर्णय गरेको बताए ।

आगामी कार्तिक २५ देखी २७ गते सम्म हुने जिल्ला अधिबेशनमा प्रतिनिधि छनौटका लागी खुल्ला तर्फ १५ सदस्य बराबर १ जना प्रतिनिधि  र महिला तथा दलित तर्फ १० जना संगठित सदस्य बरावर १ जना प्रतिनिधि आउने छन ।

महिलाको ३३ प्रतिशत कोटा आउनेगरी प्रतिनिधि छनौट हुनेछन भने भातृसंगठनहरुमा अधिबेशन भएकाबाट  २ जना र अधिबेशन नभएकाहरुबाट १ जना प्रतिनिधि हुन पाउनेछन । बिभिन्न कारण जिल्लाको अधिबेशन ढिलाई भएपनि अब कार्तिक २५ देखी २७ गते भब्य रुपमा सम्पन्न गर्नेगरी लागी सकेको जिल्ला संयोजक लंक बहादुर रोकायाले जानकारी दिए ।

नेकपा (एमाले) डोल्पाको डोल्पा जिल्ला संगठन कमिटीको पहिलो बैठकमा भाग लिन थाई कमिटी सदस्य एवम कर्णाली प्रदेश ईन्चार्ज गोरख बोगटी,पोलिटव्युरो सदस्य एवम कर्णाली प्रदेश संगठन कमिटी ईन्चार्ज लक्ष्मी प्रसाद पौडेल,केन्द्रीय सदस्य एवम डोल्पा जिल्ला ईन्चार्ज बदमीक्वारा बोहोरा,कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाह,कर्णाली प्रदेश सदस्य एवम भौतिक पूर्वाधार मन्त्री शेर बहादुर बुढा सहित अन्य प्रदेश कमिटी सदस्य र जिल्लाका विभिन्न संगठनका जिम्मेवार नेताहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!