विष्णुप्रसाद देवकोटा
डाेल्पा,मङ्सिर २० गते ।जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर राेकायाकाे कार्य कक्षमा १६ दिने लैङ्गिक हिंसा विरुद्ध अभियानकाे समिक्षात्मक बैठक सम्पन्न भएकाे छ ।
महिला सशक्तीकरण केन्द्र डाेल्पा र सामाजिक विकास कार्यालयकाे सहयाेगमा समन्वय प्रमुख राेकायाकाे अध्यक्षतामा समिक्षात्मक बैठक सम्पन्न भएकाे हाे ।
अनुगमन संयाेजक तथा समन्वय प्रमुख राेकायाले जगदुल्ला अभियान, विकासे याेजना, कार्यालय ब्यवस्थापन सुशासन लगायतकाे अनुगमन गर्दा के कसरी अगाडि बढ्ने भन्ने सिकाई भएकाे ,अनुगमन अब निरन्तर हुने आबश्यकता अनुसार छड्के गरिने बताउनु भयाे ।
समिक्षा बैठक कार्यक्रम र आर्थिक पार्दशिताकाे आधार रहेकाे ऐतिहासिक कार्य भएकाे र अनुगमन टाेलिलाई जगदुल्ला गाउँपालिकाले गरेकाे न्यानाे आथित्यता र कार्यक्रम संयाेजन कार्यलय सामाजिक विकास कार्यालयलाई धन्यवाद दिने निर्णय समेत बैठकले गरेकाे छ ।
समिक्षा बैठकमा समन्वय उपप्रमुख तेजेन्द्र बुढा महिला सशक्तीकरण केन्द्रका कार्यकारी निर्देशक तथा गैसस महासंघका अध्यक्ष रणबहादुर कार्की नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढा सामाजिक कार्यालयका रामबहादुर बुढा पत्रकार महासंघ अध्यक्ष सराेज थापा लगायतका संचारकर्मीकाे सहभागिता रहेकाे थियाे ।
जगदुल्ला गाउँपालिकामा गरिएकाे अनुगमन निरीक्षण तथा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान प्रभावकारी रहेकाे पाइएको सहभागीले बताउनु भएको थियाे ।
जिल्लाका हरेक पालिका र सरकारी गैसस कार्यालयमा मनपरि आफुखुशि अनुगमन निरीक्षण र बजेट खर्च गर्ने गरेकाे पाइएकोले जिल्ला समन्वय प्रमुखकाे नेतृत्वमा अनुगमनलाई कसिलो बनाउन आबश्यक रहेकाे सुझाव सहभागीले राख्नु भएकाे थियाे ।
नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढाले कुनै पनि स्थानमा जांदा कार्यक्रम अनुगमनकाे पुर्व तयारी विषयबस्तु छनाैट कार्यक्रमकाे कार्यतालिका लगायत कार्यक्रम हुने स्थान सहकार्यस्थलसंग समन्वय लागत खर्च समेतकाे पुर्व अन्तरक्रिया गर्नु पर्ने सुझाव दिनु भयाे ।
गैसस महासंघ अध्यक्ष रणबहादुर कार्कीले अभियानात्मक अनुगमन कार्यक्रम अत्यन्तै सफल रहेकाे बताउदै आगामी दिनहरुमा हुने कार्यक्रमकाे लागि अहिले सिकाइलाई राम्रो पक्षकाे अनुसरण नराम्रा पक्षकाे सुधार गरि कार्यक्रमकाे कार्ययोजना बनाई ब्यवस्थित रुपमा जानू पर्ने र लक्षित बर्गसम्म पुग्दा प्रस्तुत हुने कार्यशैली सुधार गर्नु पर्ने सुझाव दिनु भयाे ।
सामाजिक विकास कार्यालयका रामबहादुर बुढाले जगदुल्ला गाउँपालिकामा पुग्दा यातायत आवास खानापान लगायत कार्यक्रम संचालन खर्चकाे सार्वजनिक गर्नु भएकाे थियाे ।