ताजा समाचार

दश महिने युवा जागरण अभियान देखि उपल्लो कर्णालीमा राजनीतिक पहुंचको अध्यायन गर्ने निर्णय

डोल्पा,कार्तिक १६ गते ।राष्ट्रिय युवा संघ नेपाल कर्णाली प्रदेश कमिटिको प्रथम पदाधिकारी बैठक फोक्सुण्डो तालमा सम्पन्न भएको छ ।राष्ट्रिय युवासंघ नेपाल केन्द्रिय उपाध्यक्ष प्रकास गौतमको प्रमुख आतिथ्यतामा भएको पदाधिकारी बैठकले कर्णालीका दश जिल्लामा दश महिने युवा जागरण अभियान संचालन गर्ने निर्णय भएको केन्द्रिय सदस्य त्रिलोचन डाँगीले जानकारी दिए ।

आन्तरिक पर्यटन प्रवद्र्दनमा सहयोग,युवा पुस्तामा राजनीतिक सशक्तिकरण र उपल्लो कर्णालीमा राजनीतिक पहँुचको अध्यायन गर्ने उद्देश्यले पहिलो पटक डोल्पाको फोक्सुण्डो तालमा प्रदेश पदाधिकारी बैठकको आयोजना गरिएको युवा संघले जनाएको छ ।प्रमुख बक्ताको रुपमा बैठकमा सहभागि नेकपा एमाले कर्णाली प्रदेश कमिटि अध्यक्ष गुलाबजङ्घ शाहले फोक्सुण्डो तालमा युवा संघले पहिलो पटक प्रदेश पदाधिकारी बैठक राखेर उदाहरणीय काम गरेको बताए ।

शाहाले भने फोक्सुण्डो तालको पर्यटन प्रवद्र्दनका साथै युवा जागरणको सन्देश समेत तालवाटै दिएर युवा संघ प्रति आम युवाको ध्यान आर्कषण गर्न बैठकले महत्वपुर्ण भुमिका खेल्ने बताए ।पदाधिकारी बैठकमा पार्टी प्रदेश कमिटि सदस्य विष्णु रोकाय निमा लामा जिल्ला पार्टी सचिव लंकबहादुर रोकाय युवा संघका केन्द्रीय सदस्य त्रिलोचन डाँगी जिल्ला अध्यक्ष सुवास डाँगी र त्रिपुरासुन्दरी नगर अध्यक्ष विष्णु बुढाको सहभागिता रहेको थियो l

युवा संघ नेपालका पदाधिकारीले फाेक्सुण्डाे तालवाट फिर्ता हुने क्रममा पर्यटकहरुवाट फाेकसुण्डाे मार्गमा फालिएका पलाष्टिकजन्य फाेहरहरु समेत संकलन गरि खाडलमा पुरेर दुई दिने यात्रा सरसफाइ अभियान गरेकाे जनाइएको छ  ।।

फोक्सुण्डो तालमा पदाधिकारी बैठक सम्पन्न गरेर प्रदेश फिर्ता हुने क्रममा राष्ट्रिय युवा स्ंघ नेपालका केन्द्रिीय उपाध्यक्ष प्रकाश गौतम लगायतका पदाधिकारीहरुलाई त्रिपुरासुन्दरी नगरपालिकाका मेयर जनचन्द्र रोकायले अविर टिका लगाएर विदाई गरेका थिए ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!