ताजा समाचार

डाेल्पादेखि नेपालगन्ज, सुर्खेत सिधा बस सेवा शुरु

डाेल्पा , फागुन २ गते । डाेल्पादेखि नेपालगन्ज सम्म सिधा बससेवा शुरु भएकाे छ ।

नेपालगन्ज हुँदै डाेल्पाकाे दुनैसम्म सिधै ठुला बस पुगेपछि आैपचारिक कार्यक्रम गरेर बस सेवाकाे उद्घाटन गरिएको छ ।

बुधबार जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर राेकाय र ठुलिभेरीनगरपालिका प्रमुख संवरण बुढाले सिधा बस सेवाकाे उद्घाटन गरेकाहुन् ।

सिधा बससेवा उद्घाटनमा जिल्लास्थित विभिन्न स्थानीय तहका जनप्रतिनिधि राजनितिकदलका प्रमुख तथा प्रतिनिधि सरकारी कार्यालयका कर्मचारी नागरिक समाज लगायत सर्वसाधारणको उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा फाेक्सुन्डाे यातायात प्रालिका अध्यक्ष विशाल राेकायले अब डाेल्पाबाट सिधै नेपालगन्ज,सुर्खेतसम्म बसमा यात्रा गर्न सकिने बताए ।

तल्नुबगरस्थित भेरी नदि माथि बेलिब्रिज पुल निर्माण कार्य अन्तिम चरणमा पुगिरहेकै बेला भेरीमा ह्युम पाइप राखेकाे झण्डै  एक महिना पछि डाेल्पामा सिधै ठुला बस पुगेका हुन ।

सिधै डाेल्पा गाडी पुगेपछि अब दर्जन धेरै ठाउँमा गाडी परिवर्तन गर्दै नेपालगन्ज,सुर्खेत लगायतका शहर बजार पुग्नुपर्ने बाध्यता हटेकाे छ

डाेल्पाबाट साना गाडीमा एकै दिनमा र ठुला बसमा १८ घन्टामा नेपालगन्ज पुग्न सकिने यातायात समितिले जनाएका छन् ।

डाेल्पा देखि नेपालगसम्मकाे गाडी भाडा भने बसकाे तीन हजार आठसय र साना जीपकाे भाडा चार हजार आठसय ताेकिएकाे छ ।

भेरी करिडाेर अन्तर्गत पर्ने जाजरकोट-डाेल्पा सडकमा एक दर्जन धेरै माेटरेवल पुल निर्माण गर्न बाँकी छ ।

पक्की पुल नभएकै कारणबुधवार सुरु भएकाे सिधा बस सेवा बर्खामा खाेलानाला बडेपछि अवरुद्घ हुने राेग भने यथावत नै छ ।

दिर्घकालिन रुपमा सिधा बससेवा संचालनका लागि जारकाेट डाेल्पा सडक खण्ड अन्तरगत विभिन्न स्थानमा गरेर झण्डै दर्जन बढि पक्की पुल निर्माण तर्फ संघिय र प्रदेश सरकारका साथै जिल्लावाट निर्वाचित प्रदेश तथा संघिय सांसदकाे ध्यान पुग्नु जरुरी छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!