ताजा समाचार

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्तबाट सँगै दीक्षित एक जोडी!

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहबाट श्रीमान/श्रीमतिसँगै दीक्षित भएका छन्। शुक्रबार भएको समारोहबाट उनिहरु दीक्षित भएका हुन्।

दैलेखको ठाँटीकाँध गाउँपालिका-३ माझखर्क घर भएका इन्जिनियर बमबहादुर भण्डारी र उनको श्रीमति अम्बिका भट्टराईले स्नातकोत्तर दीक्षित भएका छन।

बमबहादुर इन्जिनियर क्षेत्रमा मास्टर्स निर्माण व्यवस्थापन र उनको श्रीमति अम्बिका मास्टर्स अंग्रेजी विषयमा दीक्षित भएका हुन्।

उनिहरुको दीक्षान्तमा आमा/बुबा, सासु/ससुरा र दिदी लगायतका आफन्तहरु सहभागी भएर खुसी साटेका थिए।विकट गाउँमा जन्मिएका उनिहरुले गाउँकै विद्यालयबाट अक्षर चिनेका थिए।

सँगै दीक्षित बनेको याे जोडी अन्य विद्यार्थीहरुका लागि प्ररेणाको स्रोत बनेका छन्।

तपाईको प्रतिक्रिया