ताजा समाचार

कुशेमा आगलागीले एक बालककाे मृत्यु

सारदा मगर

जाजरकोट । जाजरकोट कुशे गाउँपालिका – ८ ग्राक्लीमा आगलागीमा परी एक जना बालकको मृत्यु भएको छ । स्थानीय जनकबहादुर रोकायको १२ बर्षिया छोरा अम्मर रोकायको मृत्यु भएको प्रहरी चौकी पैंकले जनाएको छ । गएरात्ति १२ बजेको समयमा घरमा आगलामी भएको थियो । खाना पकाउने चुलो बाट भारमा आगो सल्किएर पुरै घरमा क्षति पुगेको हो  ।

स्थानीयको सहयोगमा प्रहरी चौकीमा खबर गरेपछि परिवारका अन्य सदस्यलाई उद्दार गरिएको छ भन्ने घरमा रहेका लत्ताकपडा, भाडाकुँडा, काठपात,अन्नपात सबै नष्ट भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!