पुर्ण कुमार/ डोल्पा न्युज
कार्तिक २३, डोल्पा
हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ स्थित त्रिपुराकोट स्वास्थ्यचौकीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा त्रिपुरासुन्दरी नगरपालिका डोल्पाको समन्वयमा २ दिने शिविर सञ्चालन भएको छ।
स्वास्थ्य शिविरको शुक्रबार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले एक कार्यक्रमका बीच आज उद्दघाटन गरेका छन्।
निःशुल्क स्वास्थ्य शिविरको उद्दघाटन कार्यक्रममा सामाजिक विकास मन्त्री सगै, सामाजिक विकास मन्त्रालयका सचिव दीर्घ बहादुर पोख्रेल, कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खतिवडा, सुर्खेत आँखा हस्पिटलका अधक्ष्य तथा सुर्खेत रेडक्रस सोसाइटीका सभापति रामलाल आचार्य , औषधि वितरण संघ कर्णाली प्रदेशका अध्यक्ष प्रेम भण्डारी लगाएत टिमले डोल्पा पुगेर स्वास्थ्य शिविरको उद्घाटन गरेका हुन्।
दुर्गमका जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रका नागरिकको विषेशज्ञ स्वास्थ्य सेवामा पहुँच पुर्याउन निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको सामाजिक विकास मन्त्रालयका सचिब पोख्रेलले बताए।
दुई दिन सम्म संचालन हुने स्वास्थ्य शिविरमा कर्णाली प्रदेशका विशेषज्ञ चिकित्सकले सेवा दिने त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तुल बहादुर श्रेष्ठले जानकारी दिए।
शिविरमा आँखा, कान, घाँटी, नाक, हाड जोर्नी, लगाएत पुरै स्वास्थ्य सम्बन्धी चेकजाँचको सेवा दिनुका साथै अन्य सेवाहरु समेत सञ्चालनमा रहने छन् ।
नेपाल रेड सोसाइटी र सुर्खेत आँखा अस्पताल द्वारा आँखाको निःशुल्क मोतियाबिन्दुको समेत निःशुल्क शल्यक्रिया गरिने!
दुई दिने निशुल्क स्वास्थ्य शिविरमा नेपाल रेडक्रस सोसाइटी र सुर्खेत आँखा अस्पतालको आयोजनामा निःशुल्क मोतियाबिन्दुको समेत शल्यक्रिया गरिने भएको छ।
त्रिपुरासुन्दरी नगरपालिका , नेपाल रेडक्रस सोसाइटी, तिलगंगा आँखा अस्पताल, सुर्खेत आँखा अस्पतालको आर्थिक तथा प्राविधिक सहयोगमा तथा नेपाल रेडक्रस डोल्पा शाखा दुनै र उपशाखा त्रिपुराकोट डोल्पाको आयोजनामा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया आँखा शिविरको आयोजना गरिएको हो।
सुर्खेत आँखा अस्पतालका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति आचार्यका अनुसार रेडक्रसले दुर्गमका जिल्ला हरेक क्षेत्रका विपदमा समेत सहयोग गर्दै आइरहेको छ।
नेपाल रेडक्रस सोसाइटीले दुर्गम जिल्लाका घर दैलोमा पुगेर सेवा प्रदान गरी दुर्गमका नागरिकको अन्धोपनाको समस्यालाई न्युनीकरण गर्ने रेडक्रसको मुख्य उद्देश्य रहेको सभापति आचार्यले बताए।
” रेडक्रस सग दुर्गम जिल्लाका स्थानीय तहले समन्वय गरी आफ्नो क्षेत्रका नागरिकको अन्धोपनाको समस्याका विषयमा जागरूकताका साथ लागि अन्त्य गर्नु पर्छ ” उनले भने ” रेडक्रसले स्थायी रूपमा हस्पिटलको निर्माण गरी सेवा दिइरहेको र हरेक वर्ष यस्तै शिविरको समेत आयोजना गर्दै आइरहेको छ।
दुई दिने शिविर कार्तिक २३ गते सञ्चालनमा आई २४ गते समापन हुने छ। शिविरमा जटिल प्रकारको शल्यक्रिया गर्नु परे त्रिपुरासुन्दरी नगरपालिका तथा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको आर्थिक सहयोगमा प्रदेश हस्पिटल सुर्खेतमा निःशुल्क गरिने समेत बताइएको छ।