ताजा समाचार

२४ घन्टा नवित्दै तिप्लाखाेला बाढी पीडितलाई नगरप्रमुख बुढाले गरे राहत वितरण

ठुलीभेरी नगरपालिका वडा नं. ३ स्थित तिप्ला खाेला बाढी पिडितलाई राहत सामाग्री वितरण गरिएकाे छ।

ठुलीभेरी नगरपालिका डाेल्पाका नगर प्रमुख सुवर्ण कुमार बुढाले बाढी पिडितलाई घरमै पुगेर  खाध्यान्न लगायतका सामग्री हस्तान्तरण गर्नु भएकाे हाे । असार १२ गते बेलुका र १४ गते राति तिप्ला खाेलामा बाढी आएकाे थियाे ।

बाढीकरबाट  ३ वटा घरमा क्षति भएकाे छ  भने एउटा गाई, दुई वटा बंङगुर , चार वटा बाख्रा मरेका थिए ।

बाढी पिडित राेल्पा थवाङ गाउँपालिका ४ का हाल बिगत ३ बर्ष देखि दुनै बस्दै आएका  बर्ष ४८ का गैरे राेकायाका परिवारलाई नगर प्रमुख बुढाले ग्यास चुलाे एक थान, चामल ५० केजी, नुन १ केजी, तेल २ पाेका, चिउरा २ केजी, चाउचाउ २ पेटी  राहत सामाग्री हस्तान्तरण गर्नु भएकाे छ।

गैरे राेकाका ६ परिवार तिप्ला खाेला नजिकै बस्दै आएका थिए । बाढीमा उनका २ वटा बङगुर मरेका छन। टहरा पुरेकाे छ ।

यस्तै डाेल्पा मुहु निवासी बर्ष ५० का थपने बुढालाई चामल ५० केजी, नुन १ केजी , तेल २ पाेका , चाउचाउ १ पेटी, चिनि १ केजी, चियापत्ति १ पाेका, मसुरा दाल ३ केजी , चिउरा २ केजी खाधन्न सामाग्री हस्तान्तरण गरिएको छ। थपने बुढाका दुई बुढाबुडी तिप्ला खाेला नजिकै घरमा बस्दै आएका थिए। उनी बस्ने घर पुर्ण रुपमा बाढीले पुरेकाे छ।

बाहिर बाट आएर सामान्य जाला मजदुरि गरेर बसेका परिवारलाई केही समय राहत हाेस् भनेर खाधान्न सामाग्री हस्तान्तरण गरिएको ठुलीभेरी नगरपालिका डाेल्पाका नगर प्रमुख श्ववर्णकुमार बढाले बताउनु भयाे ।

अन्य घरपरिवार पनि बाढीबाट घरवारविहीन भएकाे हुदा राहतको लागि सम्बन्धित निकायमा पहल गरिने नगर प्रमुख बुढाले बताउनु भयाे । बाढी राेकथामकाे लागि विभिन्न निकायमा पहल भैरहेकाे उहाले बताउनु भयाे  ।

असार १४ गते राति आएकाे बाढीले महेश कुमार हमाल, भानुप्रताव हमाल र चाँद हमालकाे घरमा क्षति पुगेकाे थियाे ।

तिप्ला खाेला बाढीपीडितलाई नेपाल रेडक्रस साेसाइटी डाेल्पा शाखाले त्रिपाल सहित रेडक्रस सेट राहत सामाग्री हस्तान्तरण गरेकाे नेपाल रेडक्रस साेसाइटी डाेल्पा शाखाका मन्त्री गाेरख बहादुर बुढाले बताउनु भयाे ।

तपाइको प्रतिक्रिया