डाेल्पान्युज डेक्स
अन्य दिनकाे तुलनामा ०८१ साउन १२ गते दुनैस्थित खेलकुद मैदान रंगिविरंगी पहिरनले सजिएका भगवानरुपि दर्शकहरुकाे उपस्थितिले स्वयं खेलकुद मैदान पनि बेहुलीकाे मण्डप झै सजिएकाे भान हुन्थ्यो ।
चर्चित लाेक गायिका जाेति मगरलाई हेर्न र उनकाे बेजाेडकाे सांस्कृतिक प्रस्तुति हेर्न र श्रवण गर्न प्रतिक्षारत डाेल्पाीजनकाे अरु दिनकाे तुलनामा बाग्लाे उपस्थिति थियाे ।
युवायुवती र बृद्धअबश्थाका दर्शकलाई समेत रगत उमाल्ने प्रस्तुति दिन माहिर लाेक गायिका मगर हर्ट पहिरनमा आफुलाई दर्शक सामु उभ्याएकी थिइन ।
सांस्कृतिक प्रस्तुति दिदा महाेत्सबस्थल मात्र नभएर सदरमुकाम दुनैबजार समेत संगितमय बनेकाे थियाे ।
लाेक गायिका मगरकाे आगमनसंगै यत्तिखेर सिङ्गो डाेल्पा महाेत्सबमय उभएकाे छ ।आयाेजक र प्रमुख अतिथि अतिथिहरुकाे उपस्थितिमा मात्र डाेल्पा महाेत्सब २०८१ उद्घाटन भएकाे थियाे ।
०८१ साउन ८ देखि शुरु भएकाे डाेल्पा पर्यटन व्यापार र सांस्कृतिक महाेत्सब चाैथाे दिन सम्म आइपुग्दा मन्चमा केही कलाकार र आयाेजक फाट्टफुट्ट स्थानीय बाहेक अपेक्षाकृत जनसहभागिता भएन ।दर्शकहरुकाे कमजाेर उपस्थिति हुनु ,बेमौसममा महाेत्सबकाे आयाेजना गरिनु ।
प्रचारप्रसारकाे कमि स्थानीय सराेकारवालासंगकाे समन्वयकारी भुमिकामा फितलाेपन जताततै बाढीपहिराेकाे जाेखिम लगायतका कारण प्रमुख देखिएका छन ।यद्यपि लाेक दाेहारी गायिका जाेति मगरकाे साउन ११ गते डाेल्पा भुमिमा आगमनसंगै डाेल्पा तात्तिएकाे भन्नू पर्दा अन्याथा नहाेला ।
आयाेजकले दर्शककाे बढिभन्दा बढि उपस्थिति गराउन चर्चित लाेक गायिका जाेतिमगर लगायत जनसमुदायले धेरै मन पराउने नायक माेडल पल शाहा सहितका दुई दर्जन विभिन्न विधाका ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुकाे उपस्थिति गराउने समयतालिका सहितकाे आकलझुकल प्रचारप्रसार गरिएकाे पाइन्थ्यो ।
स्थानीय पर्यटन व्यापार र संस्कृतिको जगेर्ना संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयाेजना भएकाे महाेत्सब आयाेजककाे नियत र मनशाय जुनसुकै स्तरवाट गरिएपनि यसले दिन सक्ने एउटा मात्र सन्देश हाे प्रचारप्रसारमा डाेल्पालाई केन्द्र विन्दु बनाउनु ।
आयाेजकले जाेति मगरलाई डाेल्पामा उतारेर सफल भएकाे जनसहभागितालाई महाेत्सव समय सम्मका लागि निरन्तरता दिन र अझै जनसहभागिता बढाउन प्रचारप्रसारमा राखिएका कलाकारहरुकाे उपस्थिति गराउनु आबश्यक छ ।
यसाे गर्न सके भगवानरुपि दर्शककाे मन जित्न सफल भई जनसहभागिता बढ्नेमा पनि दुईमत छैन ।जय महाेत्सब जय संस्कृति जय डाेल्पा ।

डोल्पा न्यूज । १२ श्रावण २०८१, शनिबार २१:०२