ताजा समाचार

प्रतिनिधि सभाका सभामुखलाई डाेल्पाका प्रजिअ मार्फत संयुक्त ट्रेड युनियन सन्जालकाे ज्ञापनपत्र

विष्णुप्रसाद देवकोटा

जिल्लास्थित संयुक्त ट्रेड युनियन सन्जालले डाेल्पाकम प्रमुख जिल्ला अधिकारी राेमबहादुर महत मार्फत ११ बुधे माग सहितकाे ज्ञापनपत्र प्रतिनिधि सभाका सभामुखलाई बझाएकाे छ ।

सबै तहका कर्मचारी  प्रशासनलाई बयवस्थापन एबं मार्गदर्शन गर्ने छाता कानुनको रुपमा रहेकाे संघीय निजामती कर्मचारी ऐन जारी नहुंदा मुलुकको सार्वजनिक प्रशासन अन्याेल र अस्थिरताकाे भुमरीमा फसिरहेकाे संयुक्त ट्रेड युनियन जिल्ला सन्जालका कर्मचारी नेताहरुले संयुक्त हस्ताक्षरित प्रजिअ महत मार्फत प्रतिनिधि सभाका सभामुखलाई पठाएकाे ज्ञापनपत्रमा उल्लेख छ ।संघीय निजामती कर्मचारी ऐन निर्माण गर्दा राष्ट्रियस्तरका संयुक्त ट्रेड युनियनबाट संयुक्तरूपमा विगतमा पेश गरिएका ८५ बुधे मागहरु,०७८ माग १२ गते सर्वाेच्च अदालतले संघीय निजामती सेवा ऐन निर्माण गर्दा पालना गर्नु पर्ने निर्देशनात्मक आदेश र स्थानीय तहका कर्मचारीको आन्दाेन पश्चात् नेपाल सरकार राष्ट्रियस्तरकाे संयुक्त ट्रेड युनियन वीच २०८० असाेज २७ गते भएकाे  सम्झौतामा उल्लेखित मागहरुहरुलाई समाबेश गर्ने लगायतका बुंदाहरु ज्ञापनपत्रमा उल्लेख छ ।

संयुक्त जिल्ला ट्रेड युनियन सन्जालकाे तर्फवाट निजामती कर्मचारी युनियन डाेल्पाका अध्यक्ष दीर्घराज आरसीले प्रजिअ महतलाई ११ बुंदे माग सहितकाे ज्ञापनपत्र बुझाउनु भएकाे हाे ।

संयुक्तरूपमा ११ बुंदे माग सहितकाे ज्ञापनपत्र बुझाउन दीर्घबहादुर राेकाया गाेविन्दबहादुर मल्ल डम्बरबहादुर कठायत प्रकाशबहादुर गिरी लगायतका प्रमुख तथा प्रतिनिधि नेपाल निजामती कर्मचारी संगठन नेपाल निजामती कर्मचारी युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठनका जिल्ला नेताहरुकाे सहभागीता थियाे ।

प्रजिअ महतले संयुक्त निजामती कर्मचारी ट्रेड युनियन जिल्ला सन्जालकाे तर्फवाट बुझाएकाे विविध माग सहितकाे ज्ञापनपत्र बुझेर प्रतिनिधि सभा सभामुखलाई पठाइएकाे बताउनु भयाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!