ताजा समाचार

दैलेखको दुल्लुबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी गिरीघाट नजिक  दुर्घटना, १६ जना घाइते!

सुर्खेत । दैलेखको दुल्लुबाट यात्रु लिएर वीरेन्द्रनगर आउँदै गरेको फोर्स गाडी सुर्खेतमा दुर्घटनामा परेको छ । कर्णाली प्रदेश ०२००१ ख ०४९१ नम्बरकाे फाेर्स गाडी बाँगेशीमल प्रहरी चाैकीदेखि एक किलाेमिटर दक्षिण कर्णाली राजमार्गमा दुर्घटनामा परेकाे हाे ।


दुर्घटनामा दुइ बालबालिकासहित १६ जना यात्रु घाइते भएका छन् । उनीहरूकाे आठ जनाकाे प्रदेश अस्पताल, पाँच जनाकाे माया नर्सिङ हाेम र तीन जनाकाे कर्णाली केयरमा उपचार भइरहेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले  जानकारी दिए ।

दुर्घटनाकाे कारण खुलेकाे छैन् भने फाेर्स गाडी सडकदेखि १२ मिटर तल खसेकाे उनले बताए । घाइते सबैकाे अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!