ताजा समाचार

माओवादी केन्द्रकाे विशेष रुपान्तरण अभियानकाे समिक्षात्मक बैठक सम्पन्न

डाेल्पा,पुस २० गते ।

घर घरमा माओवादी जन जनमा माओवादी , जनतासङ्ग माओवादी विशेष रुपान्तरण अभियानको समिक्षा बैठक डोल्पाको दुनैमा शुक्रबार सम्पन्न भएकाे छ ।

डाेल्पामा सम्पन्न  बिशेश रुपान्तरण अभियान समग्रमा राम्रो भएको तर अझै सशक्त रुपले नेतृत्व लाग्नु पर्ने निष्कर्ष समिक्षा बैठकले निकालेकाे छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य /केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नर बहादुर बिष्टले माथिल्लो डोल्पामा पर्यटकीय बजारीकरणकाे ठुलाे सम्भावना भएकाले देश विदेशका मानिसहरुलाई उपल्लो डाेल्पामा भित्रन सक्ने बातावरण  बनाउनु आबश्यक रहेकाे बताए ।

यसकाे साथै   फोक्सुन्डो ताल हुँदै मुस्ताङ्ग को लागि हिमाली लोक मार्गको बिकास गर्न पार्टि लागि परेको उनकाे दावि थियाे ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका  स्थाई कमिटी सदस्य  काली बहादुर मल्लले यो पार्टिको अभियान भनेको सामन्य भासामा आफ्नो अनुहार जनता सामु देखाएर जनताहरुकाे सुखदुखलाई पार्टीको अनुहारले पहिचान गर्न र कार्यकर्ता र नेतृत्वमा लागेकाे विभिन्न दागहरुलाई जनतारुपि मनयाकाे साबुनले सफा गर्नु र सच्चिनमा विशेष रुपान्तरण अभियानले निर्देश गरेकाे बताए ।

डोल्पाली जनता पार्टी र संगठनको हितमा सबैलाई समेट्न सक्ने खालको युवा आए नेतृत्व हस्तान्तरण गर्न पार्टी नेतृत्व तयार रहेकाे विष्टको भनाई थियाे ।

 जिल्ला पार्टी संयोजक धर्म जित बोहोरा ( विस्फोट) काे अध्यक्षतामा  भएकाे कार्यक्रममा स्थाई कमिटी सदस्य काली बहादुर मल्ल अतिथिहरुमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नर बहादुर बिष्ट केन्दिय सदस्य तथा कर्णाली प्रदेश उपाध्यक्ष ढक वीर राणा, केन्द्रीय सदस्य काली चलाउने ,केन्द्रिय सदस्य  युबराज आचार्य र प्रदेश सभा सदस्य तथा पुर्ब मन्त्री वीर बहादुर शाहीकाे उपस्थिति रहेकाे थियाे ।

जिल्ला पार्टी सचिब दत्त शाहिद्वारा  संचालित   समिक्षा कार्यक्रममा  कर्णाली प्रदेसका शीर्ष नेताहरु र  जिल्लाभरका नेता कार्यकर्ताहरुको उल्लेखनीय  सहभागीतमा दुनैमा समिक्षा बैठक भेला सम्पन्न भएकाे पार्टी सचिब शाहिले बताए ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!