डोल्पा — त्रिपुरासुन्दरी नगरपालिका–०६ मा पर्ने चिप्लेभीर र सिउरेनी भन्ने स्थानमा सुख्खा पहिरो खसेपछि भेरी करिडोर अन्तर्गतको खदाङ–त्रिपुराकोट सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अबरुद्ध हुँदा डोल्पा भित्रिने र बाहिरिने सम्पूर्ण सवारीसाधन ठप्प भएका छन्।
नेपालगञ्जतर्फ जाने यात्रुबाहक गाडी, मालवाहक ट्रक तथा मोटरसाइकलहरू बीच बाटोमै रोकिएका छन्।
त्रिपुराकोट प्रहरी चौकीको समन्वयमा पहिरो पन्छाउन एक्स्काभेटर परिचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार, ठूलो सुख्खा पहिरो भएकाले पन्छाउन करिब तीन घण्टा लाग्ने अनुमान गरिएको छ।
पहिराेले सडक अवरुद्ध भएपछि नेपालगन्ज हुँदै डाेल्पा आउदै गरेका र डाेल्पाबाट नेपालगन्ज तर्फ जाने यात्रुहरु विचबाटाेमा अलपत्र परेका छन ।

डोल्पा न्यूज । १४ जेष्ठ २०८२, बुधबार १३:२१