अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र मल्ल सहितका ८ जना विरुद्ध विशेष अदालतमा भरष्टचार मुद्दा दायर गरेकाे छ ।
यसैगरि इन्जिनियर, वडाध्यक्ष, निर्माण समितिका अध्यक्षसमेतले गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हाे।
सोरु गाउँपालिका वडा नं ७ दाक्च(ख्याल्च सडक निर्माण आयोजनाको नापी किताबमा गलत विवरण र कार्यसम्पन्न प्रतिवदेन बनाइ बढी रकम भुक्तानी लिएको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको हो ।
मुद्दा दायर गरिएकामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य र असिस्टेन्ट सव-इन्जिनियर बिक्रम बुढा, सडक निर्माण श्रम समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी र सचिव केवल बुढा, अनुगमन समिति संयोजक दलवीर सार्की र सोरु वडानम्बर-७ तत्कालीन वडाध्यक्ष राजेन्द्र बुमी छन् ।
तेह्र लाख बहत्तर हजार तीन सय चालीस रुपैयाँ पैतालीस रुपैयाँ पैसा बिगो कामय गरी सोही अनुसार कैद र जरिवाना माग गरिएको छ ।