ताजा समाचार

४० वर्ष मुनिको सूचिमा डाेल्पाका अखण्ड उपाध्याय

डाेल्पान्युज डेक्स

ठुलिभेरि नगरपालिका -३ दुनैबजारका अखण्ड उपाध्याय  ‘४० वर्ष मुनिका ४० प्रभावशाली युवा’ सूचीमा पर्न सफल हुनुभएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अनलाइन खबरले सोमबार काठमाडौँमा आयोजना गरेको विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यायलाई अवार्ड प्रदान गर्नुभएको हो ।

जिल्ला अस्पताल दुनैमा विगत ४ बर्षदेखि चिकित्सा शाखा प्रमुखकाे रुपमा कार्यरत डाक्टर उपाध्याय समाजसेवामा समेत सक्रिय हुनु हुन्छ ।

देशमा चुनौतीपूर्ण परिस्थितिहरूमा समाजमा सकारात्मक परिवर्तन ल्याइरहेका युवाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले अनलाइनखबरले गत वर्षदेखि यो ‘४० वर्षमुनिका ४० प्रभावशाली युवा’सूची सार्वजनिक गर्दै आएको हो । यस वर्ष उपाध्यायकाे नाम समावेश हुनु डाेल्पा जिल्लाको गौरवको विषय बनेको छ ।

तपाईको प्रतिक्रिया