हिमाली जिल्ला डाेल्पामा पनि ४५ औं शिक्षक दिवस विविध कार्यक्रमका साथ मनाइएकाे छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठनले विविध नाराका साथ त्रिपुरासुन्दरी नगरपालिकको सभाहलमा शिक्षक दिवस मनाएकाे हाे ।सम्पुर्ण शिक्षकहरु एक हौ ‘ “गौरवशाली विगत, चुनौतीपूर्ण वर्तमान, लगानी बृद्धि गरी सार्वजनिक शिक्षाको उन्नयन, राष्ट्रिय शिक्षा ऐन र सबै तहमा सशक्त संगठन’ भन्ने मूल नाराका साथ मनाइएको ४५ औं स्थापना दिवसकाे अवसर पारेर नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदानका साथ सम्मान कार्यक्रम गरिएको थियाे ।
नेपालको शैक्षिक अवस्था सुधारका लागि नेपाल राष्ट्रिय शिक्षक संगठनमा आबद्ध शिक्षकहरुले ध्यान दिनुपर्ने कार्यक्रमका बक्ताहरुले जाेड दिए । उनीहरुले शिक्षकहरु एकताबद्ध हुनुपर्ने र आगामी शैक्षिक सत्रमा पेशागत मर्यादाका लागि दृढ भावनाका साथ लाग्नुपर्नेमा बताएका थिए ।
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति डाेल्पाका अध्यक्ष तुल बहादुर विष्टको अध्यक्षता, तथा त्रिपुरासुन्दरी नगरपालिकाका नगर प्रमुख जनचन्द्र रोकायाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे थियाे ।
कार्यक्रममा नेकपा एमाले पर्यटन विभागका केन्द्रीय सदस्य लंक बहादुर शाहीकाे विशिष्ट सहभागिता रहेकाे कार्यक्रममा शिक्षा पेशामा नयाँ प्रवेशी शिक्षकहरुलाई खादा र अविर लगाएर स्वागत तथा सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख देवी घर्ती, नेकपा एमालेका पर्यटन विभागमा केन्द्रीय सदस्य शाही , पेशागत शिक्षक महासंघ डोल्पा शाखाका अध्यक्ष बालकृष्ण डाँगी , नेकपा एमाले जिल्ला पार्टी सचिव लंक बहादुर रोकाया, सहित संघठनमा आबद्ध शिक्षक शिक्षिकाहरुको बाक्लो उपस्थित रहेको थियो ।