ताजा समाचार

कर्णाली प्रदेश उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयकाे टाेलिद्वारा डाेल्पाकाे दुनैबजार अनुगमन

डाेल्पाकाे ठुलाे बजारको रुपमा रहेकाे सदरमुकाम दुनै बजारमा व्यवसायीहरुले मूल्य सुचि विना सामान बिक्री वितरण गर्ने गरेकाे पाइएको छ।

बजार अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीकाे नेतृत्वमा  दुनै बजारमा अनुगमन गर्ने क्रममा मूल्य सुचि विनानै दैनिक उपभाेग्य बस्तु लगायतका सामाग्री ब्यवसायिहरुले विक्रवितरण गर्ने गरेकाे पाइएकाे हाे ।

बजारमा कतै व्यवसाय दर्ता नगरेकाे कतै नवीकरण नगरेकाे कतै  साइनबोर्ड नराखेको भेटिएको थियाे भने मुल्य सुचि कुनैपनि व्यवसायीले नराखेको पाईएकाे छ। बजार अनुगमन टाेलिमा उधाेग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेश प्रमुख माधव प्रसाद न्याैपाने र  रामजंग शाहा लगायतकाे सहभागिता रहेकाे थियाे

अनुगमन टाेलीले ब्यवसायिलाई व्यवसाय दर्ता गर्न, नवीकरण गर्न, साइनबोर्ड राख्न र मुल्य सुचि राखेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिएकाे छ।

अनुगमनका क्रममा प्रक्रिया पूरा नगरेकाे पाइएमा ऐन अनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

व्यवसायीले उपभोक्ताहरुले कुनैपनि सामान किन्दा स्पष्ट देख्नेगरी मूल्य सुचि राख्नु पर्ने हुन्छ। तर डाेल्पामा त्यसाे पाइएकाे छैन।अनुगमनका क्रममा रु १० हजार रुपैयाँ बराबरको म्याद गुर्जेका सामान नष्ट गरिएको थियोे।

तपाइको प्रतिक्रिया

error: Content is protected !!