ताजा समाचार

काठमाडौंमा डाेल्पाकाे उपस्थिति

विष्णुप्रसाद देवकोटा

सुदुरकाे हिमाली जिल्ला डाेल्पाले शब्द दृश्य चित्र र उत्पादनकाे माध्यमवाट संघिय राजधानी काठमाडौंमा आफुलाई  उभ्याएकाे छ ।

शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली जोड्ने दश महिने ‘कनेक्टिङ कर्णाली’ अभियानअन्तगर्त डाेल्पाकाे भुमिलाई टेकेर निर्माण गरिएका  शब्द दृश्य चित्र र भिडियाेकाे प्रदर्शनी  शुरु भएकाे हाे।

मनघरी फाउण्डेशनको आयोजनामा शनिबारदेखि सुरु भएको प्रर्दशनी सोमबारसम्म जारी रहने आयाेजकले जनाएकाे छ।

यसअघि असारमा दैलेखका तस्वीर र उत्पादनको प्रर्दशन गरेर अभियान सुरु गरिएको थियो ।

प्रर्दशनीमा धार्मिक, पुरातात्विक, सांस्कृतिक र प्राकृतिक सुन्दरता सहित डोल्पा जिल्ला झल्कने ३० वटा तस्वीर राखिएका छ ।यसकाे साथै, डोल्पा चिनाउने भिडियो सामाग्री समेत प्रर्दशन गरिएको छ ।

आयाेजक तथा कनेक्टिङ कर्णाली अभियानका परिकल्पनाकार भरतबन्धु थापाले प्रदर्शनीकाे पहिलाे दिन डाेल्पा केन्द्रित शब्द दृश्य चित्र र भिडियो हेर्न  दर्शकहरुकाे बाग्लाे उपस्थितिले आफुलाई थप उत्साहित बनाएकाे बताउनु भयाे ।

प्रदर्शनीमा शब्द दृश्य  चित्र र भिडियाेका साथै स्थानीय रैथाने बालीहरु काेदाे,चिनु,फापर कागुनाे लगायतका उत्पादन समेत राखिएकाे छ ।

डाेल्पाकाे प्रशिद्द श्रीवालात्रिपुरासुन्दरी भगवती मन्दिर शे गुम्बा फाेक्सुण्डाेताल र फाेक्सुण्डाे झरना लगायतका धार्मिक सांस्कृतिक पुरातात्त्विक र प्राकृतिक सम्पदाहरुकाे शब्द चित्र दृश्य र भिडियाे मार्फत प्रदर्शनीमा राखिएकाे छ ।शनिवारदेखि शुरु भएकाे प्रदर्शनी साेमबार सम्म चल्ने छ ।

यस प्रदर्शनीले जिल्लाकाे पर्यापर्यटन र स्थानीय प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुकाे संरक्षण सम्वर्द्दनमा सरकारकाे ध्यानाकर्षण गराउने अपेक्षा गरिएकाे छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!