लेख बुढा,२ फागुन । डाेल्पा । ठुलीभेरी नगरपालिका वडा नं. ८ जुफाल र डाँगीवाडामा एक घर एक ग्यास चुलाे वितरण गरिएको छ ।
वन फडानी राेक्न र स्थानीय गाउँ समाजमा धुवा रहित वातावरण सृजना गर्नकाे लागि ठुलीभेरी नगरपालिका वडा नं. ८ ले वडा भित्र बसाेबास गर्ने दुई सय घर परिवारलाई ग्यास चुलाे वितरण गरिएको हाे ।
अघिल्लो आर्थिक बर्षबाट वडा कार्यालयमा बचेका रु ४ लाख र चालु आर्थिक बर्षकाे रु १० लाख रुपैयाँ गरि जम्मा १४ लाख रुपैयाँको ग्यास चुलाे खरिद गर्न ईबिड टेन्डर मार्फत ग्यास चुलाे खरिद गरिएको थियाे ।
ईबिड मार्फत फलिता अर्डर एण्ड सप्लायर्सले ग्यास चुलाे खरिद गरेपछि वडा बासीलाई वितरण गरिएको हाे ।
स्थानीय बासीकाे माग अनुसार ठुलीभेरी ८ का प्रत्येक घरधुरीलाई ३० युनिट भन्दा कम बिधुत खपत गर्नेलाई वडा कार्यालयले महसुल तिर्दै आएकाे र वन फडानी राेक्न, गाउँघरमा धुवारहित वातावरण निर्माण गर्न र सधै भान्सामा बस्ने स्थानीय महिला, बिधार्थीकाे महत्त्वपूर्ण समयलाई ख्याल गर्दै ग्यास चुलाे वितरण गरिएको ठुलीभेरी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मनराम ठकुल्लाले बताए ।
सामान्य नागरिकका आधारभूत आबश्यकतालाई मध्यनजर गर्दै वडा भित्रका विभिन्न सकरात्मक कामहरु भैरहेको वडा अध्यक्ष ठकुल्लाले बताए ।
ठुलीभेरी नगरपालिका वडा नं. ७ र ८ हरेक हिसाबले एउटै रथका दुई पांग्रा भएकाे हुदा समन्वयमा कामहरु भैरहेकाे वडा नं. ७ का अध्यक्ष धुब्र बिक्रम शाहीले बताए ।
विस्तारै हाम्रो गाउँ समाजमा पनि समाज आधुनिक बन्दै गएकाे हुदा अहिलेकाे समयमा ग्यास चुलाे वितरण अति उत्तम रहेकाे स्थानीय जेष्ठ नागरिक नवराज शाहीले बताए ।
धेरै जसाे भान्सामा महिला बृदबृद्वा बस्ने भएकाे हुदा ग्यास चुलाे वितरण पछि सहज हुने उनले बताए ।
यस्तै एक घर एक ग्यास चुलाे वितरण कार्यक्रमले वन संरक्षणमा टेवा पुग्ने जुफाल सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष सुवर्ण कुमार शाहीले बताए । आफ्नाे वरपर बिरुवा राेप्न स्थानीयलाई उने आग्रह गरेका छन ।
ठुलीभेरी ८ ले युवा नेतृत्व पाएकाे हुदा आगामी दिनमा पनि उदाहरणीय कामहरु हुने बिश्वास रहेकाे ठुलीभेरी नगरपालिका डाेल्पाका प्रमुख प्रशासकीय अधिकृत सन्ताेष बहादुर खड्काले बताए ।
ग्यास चुलाे काे सचेत रहेकाे समयकाे सदुपयोग गर्ने स्थानीयलाई अधिकृत खड्काले आग्रह गरेका छन ।
एक घर एक ग्यास चुलाे वितरण कार्यक्रममा सहभागी ठुलीभेरी नगरपालिका डाेल्पाका नगर प्रमुख सुवर्ण कुमार बुढालेनगरपालिका भित्र क्रमशः बिकासका काम भैराखेकाे बताए ।
काम गर्दा संघीयता पछि नीति नियमले विभिन्न ठाउँमा बाधा हुने समस्या भएकाे हुदा अलि हरेक काम अलि ढिला हुने गरेकाे नगर प्रमुख बुढाले बताए ।
स्थानीय नागरिकका समस्यालाई केन्द्रित गरेर काम भैरहेको र छिट्टैनै सामान्य शुल्कमा दुनै, जुफाल, त्रिपुराकाेट लगाएतका क्षेत्रमा आवतजावत गर्ने गरि नगर बस सेवा संचालन गर्ने उनले बताए