ताजा समाचार

डाेल्पामा पार्किङ गरि राखेका दुई ओटा माेटरसाइकलमा अज्ञात समुहद्वारा आगजनी 

विष्णुप्रसाद देवकोटा

त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकाेट बगरबजारमा पार्किङ गरिराखेका दुई ओटा माेटरसाईकलमा गएराी अज्ञात समुहद्वारा आगजनी गरेकाे छ ।

कर्णाली प्रदेश स्थानीय पुर्वाधार विकास मन्त्रालय सुर्खेतकाे  ०१००१ प २३१७ र   ०२०० २ प ०३९२ प्लेट नम्बर समेत गरि माेटरसाईकलमा आगजनी भएकाे हाे ।

त्रिपुरासुन्दरी नगरपालिका-१ काेटवगर बजारमा रहेकाे बस्नेत फ्रेस हाउसकाे पछाडि पार्किङ गरिराखिएका माेटरसाइकलमा आगजनी भएकाे प्रहरी चाैकी त्रिपुराकाेटका इन्चार्ज सई रमेश बहादुर सिंहले जानकारी दिनु भयाे ।आगजनीवाट दुई ओटा बाईक पुर्णरुपमा र दुई ओटा सामान्य क्षेति भएकाे छ ।

चाैकी इन्चार्ज सिंहका अनुसार गएराती १२ बजेकाे समयमा अज्ञात समुहले आगजनी गरेकाे हाे ।

फ्रेस हाउस संचालक ललितबहादुर बस्नेतले आफू मस्त निन्द्रामा परेकाे समयमा माेटरसाइकलमा लागेकाे आगाेकाे धुंवा काेठामा पसेपछि मात्र प्राङ्गणमा राखिएका माेटरसाइकलमा आगजनी भएकाे थाहा भएकाे बताउनु भयाे ।

उहाँले भन्नू भयाे ढाेका खाेलेर बाहिर आउदा त दनदनी आगाे बलिरहेकाे थियाे बाल्टीमा पानी ल्याएर आगाे निभाए ।

प्रहरी इन्चार्ज सिंहले कसले किन बाईकमा आगजनी गरेकाे हाे भन्ने कुरा अनुसन्धान भइरहेकाे बताउनु भयाे ।

त्रिपुराकाेट बजारमा घरकाे आगनमै पार्किङ गरिएका बाईकमा अज्ञात समुहले आगजनी गरेसंगै शान्ति सुरक्षामा चुनाैति देखिएकाे छ ।

पार्किङ गरिराखिएका माेटरसाइकलमा आगजनी भएपछि बाईक धनिहरुमा त्रास देखिएकाे स्थानीय गाेकर्ण कठायतले बताउनु भयाे।

केही दिन अघि मात्र त्रिपुराकाेट भैरब मन्दिरमा पार्किङ गरिराखेका दुई ओेटा माेटरसाइकल न्युटलमै गुडाएर चाेर्ने नियतले बीच बजारमा ल्याएर अज्ञात समुहले छाडेकाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!