विष्णुप्रसाद देवकोटा / टेक शाही डोल्पा
डाेल्पाकाे निकुञ्ज बन क्षेत्रमा हिउँ चितुवाले आक्रमण गरेर १५ ओटा च्याङग्रा मारेकाे छ ।
शे- फोक्सुण्डो गाउँपालिका वडा नम्बर ६ मा पर्ने फाेत गाउँका लोटेई गुरुङका १५ ओटा च्याङग्रा १६ गते राती हिऊँ चितुवाले च्याङ्ग्राको बासस्थान गोठमा पसेर आक्रमण गरि मारेकाे शे फोक्सुन्डो गाउपालिका डोल्पाका उपाध्यक्ष पेमा वाङ्ग्छेन गुरुङले जानकारी दिनु भयाे ।
१५ ओटा च्याङग्राकाे उपल्लो डाेल्पाकाे प्रचलित मूल्य अनुसार ४ लाख पर्छ ।केही महिना अगाडि मात्र सोही गाउपालिका वडा नम्बर १ सुङ्ग्ज्योरमा एक बालिकालाई चितुवाले आक्रमण समेत गरेको थियो ।
एक बर्ष आगाडी मात्र शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज डोल्पा र विश्व बन्यजन्तु काेष नेपालले हिउँ चितुवाको सर्बेक्षण सम्पन्न गरेको हो ।
क्यामेरा ट्यापिङ्ग गरि राष्ट्रिय निकुञ्ज भित्रका ९० ओटा र सामुदायिक बनमा २० वटा गरि १ सय २० वटा हिउँ चितुवा रहेकाे तथ्यांक सार्वजनिक भएकाे थियाे ।नेपालमा सबै भन्दा धेरै हिउचितुवा रहेको जिल्लाकाे रुपमा डोल्पा पर्छ।