ताजा समाचार

महोउत्सव झारो टार्न नभई परिणाममुखि हुन पर्नेमा जोड

डोल्पा,कार्तिक १५ गते ।स्थानीय अर्गानिक कृषि उत्पादन तथा पर्यटकीय सम्पदाहरुको प्रचारप्रसार गरि नगरलाई आर्थिक समृद्दिको बाटोमा लैजाने उद्देश्यले त्रिपुरासुन्दरी नगरपालिकाद्दवारा आयोजित महोउत्सवको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।लोक संस्कृतिको संरक्षण प्रवद्र्दन तथा सम्मान, स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल भन्ने मुल नाराका साथ बाला त्रिपुरासुन्दरी सांस्कृतिक तथा धार्मिक महोउत्सव २०८०  तथा तेस्रो मेयरकप खुल्ला भलिवल तथा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र त्रिपुराकोटमा जिल्ला समन्वय प्रमुख श्यामबहादुर रोकायले पानसमा बत्ति बालेर विशेष कार्यक्रमका साथ उद्दघाटन गरेका हुन ।
कार्तिक १५ देखि २२ सम्म संचालन हुने महोउत्सवको उद्घाटन गर्दै समन्वय प्रमुख रोकायले महोउत्सव परिणाममुखि हुनु पर्नेमा जोड दिदै महोउत्सवले भोलिका दिनमा नगरलाई के दिन्छ भन्नेमा ध्यान दिनु पर्ने उल्लेख गर्नु भयो ।नगरको बस्तुस्थिती र लुकेका सम्पदाहरुको परिणाममुखि प्रचारप्रसार हुनु पर्ने केवल महोउत्सव महोउत्सवमा मात्र सिमित भएर झारो टार्ने नभई उपलब्धीमुखि बनाउन विशेष गरि नगरप्रमुख लगायत कर्मचारी लागि पर्नु पर्नेमा प्रमुख रोकायले जोड दिनु भयो ।
नगरले स्थानीय उत्पादनको निर्यात ब्यवस्थापनमा गर्नमा महोउत्सवले सहयोग गर्न सके भविश्यका कर्णधारलाई सहज हुने पनि रोकायले बताउनु भयो ।नगरप्रमुख जनचन्द्र रोकायको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा नेकपा माओवादीका कालि चलाउने नेकपा एमालेका सचिव लंक रोकाया नेपाली काँग्रेसका महासमिति सदस्य जयस उपाध्याय एकीकत  समाजवादीका प्रतिनिधि तथा ठुलिभेरीनगर जुफालका वडाअध्यक्ष मनराम ठकुल्ला प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेल नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढा लगायतका अतिथिहरुले महोउत्सवको सफलताको शुभकामना दिदै महोउत्सवले स्थानीय उत्पादन बजारिकरण र पर्यटकीय सम्पदाहरुको प्रचारप्रसारका साथै स्थानीय लोक संस्कृतिको जर्गेना गर्नमा सहयोग शिद्द हुनु पर्नेमा जोड दिए ।
उद्घाटन सत्रमा डोल्पाको प्रशिद्द मन्दिर श्रीवालात्रिपुरासुन्दरी भगवतीका पुजारीहरुले भगवती नृत्य झाकी सहित प्रस्तुत गरेका थिए ।कार्तिक २२ गते सम्म संचालन हुने त्रिपुरासुन्दरी पहिलो महोउत्सवमा गायिका समिक्षा अधिकारी गायक पुस्कर शर्मा लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति रहनुका साथै खुल्ला भलिबल र जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता समेत संचालन हुने नगरका निमित्त कार्यकारी प्रमुख हिराचन्द्र धरालाले जानकारी दिए ।                              
?

तपाइको प्रतिक्रिया