ताजा समाचार

बालबालिकालाई खेलकुद सम्बन्धि ज्ञान दिन दुनै बाेडिङ स्कुलकाे खेल सप्ताह

विष्णुप्रसाद देवकोटा

विद्यालय बालबालिकालाई खेलकुद सम्बन्धि ज्ञान दिने उद्देश्यले यहाँको एक विद्यालयले स्कुले खेलकुद सप्ताहकाे आयाेजना गरेकाे छ ।

सदरमुकाम दुनै बजारमा रहेकाे दुनै बाेर्डिङ स्कुलले खेल सप्ताह आयाेजना गरेकाे हाे ।

बिधालयकाे बार्षिक शैक्षिक क्यालेन्डर अनुसार बिधार्थीहरुलाई खेलकुद सम्बन्धि ज्ञान दिनकाे लागि खेलकुद सप्ताह सुरु गरिएको दुनै बाेर्डिङ स्कुलका  प्रिन्सिपल लाेकेन्द्र जैसीले जानकारी दिनु भयाे।

खेल सप्ताहले बालबालिकामा खेलकुद प्रतिकाे चासाे बढ्न गई भविस्यमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तर सम्मका खेलकुद  प्रतिस्पर्धामा भाग लिन हाैसला प्रदान गर्ने रहेकाे प्रिन्सिपल जैसीले बताउनु भयाे ।

दुनैमा रहेकाे जिल्ला खेलकुदकाे मैदानमा एक कार्यक्रम गरि शनिवार खेलकुद सप्ताह सुरु गरिएको हाे।खेलकुद सप्ताह असाेज १६ गते सम्म संचालन हुने छ ।

 

खेलकुद सप्ताहकाे स्कुल व्यवस्थापन समितिका अध्यक्ष चाँद हमाल र उधाेग बाणिज्य संघ डाेल्पाका अध्यक्ष लालिमान बुढाले संयुक्तरूपमा उद्घाटन गर्नु भएकाे थियाे ।

 खेल सप्ताह अवधिभर  फुटबल, क्रिकेट, खाेखाे, कबड्डी, विभिन्न दुरिका दाैड, माइन्ड ग्याम लगाएतका खेलहरु खेलाइने छ ।

खेलकुद सप्ताहमा केटा तथा केटी तर्फ फरक फरक सदन बिच प्रतिस्पर्धा गराइने   स्कुलले जनाएको छ।

प्रतियोगितामा कक्षा १ देखि ८ कक्षा सम्मका बालबालिकाले भाग लिएका छन। प्रतियोगितामा विभिन्न स्थान ल्याउने बालबालिकालाई  मेडल प्रमाणपत्र सहित पुरस्कार वितरण समेत गरिने बताइएको छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!