डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर २ मा पर्ने रसिको गुम्बा गाउमा नेपाली सेनाले एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेकाे छ ।शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ रहेको रामवाण गुल्म सुलिगाड डाेल्पाले शिविर सम्पन्न गरेकाे हाे ।
नेपाली सेना उत्तर पश्चिम पृतना सुर्खेत र जुम्ला बाहिनीको सहकार्यमा चिकित्सक सहितको स्वास्य शिबिर संचालन गरेको रामबाण गुल्मका सेनानी विज्ञान बिष्टले बताए ।
सेनानी बिष्टका अनुसार सैनिक र नागरिक बिच सम्बन्ध र समन्वय बढाउन शिविरकाे आयोजना गरिएको गुल्मले जनाएकाे छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयबाट औषधि र एक जना स्वास्थ्यकर्मि सहितको सहयोग रहेको थियाे।
१०२ जना पुरुष र ११६ जना महिला गरेर २ सय १८ जनाले शिविरबाट निशुल्क स्वास्थ्य सेवा पाएको नेपाली सेनाले जनाएको छ ।
निकुञ्जको संरक्षित क्षेत्र भित्र पर्ने रसिको डाडागाउ, माझगाउ र गुम्बाका नागरिकका लागि सेनाको बिभागबाटै चिकित्सकको टोली बोलाएर पहिलो पटक निशुल्क स्वास्थ्य शिविर चलाएको सेनाले बताएको छ ।
दुर्गम गाउँमै शिविर संचालन गरिए पछि अशक्त,अपाङ्गा , बृद्ध गरिव विपन्न नागरिकले निशुल्क सेवा लिएकोले टसी रोम्जे गुम्बाका प्रमुख लामा निमा लामाले सेनालाई धन्यवाद दिए ।
निशुल्क स्वास्थ शिबिर कार्यक्रममा नगर प्रमुख जुनचन्द्र रोकाय, प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहाल लगाएत जिल्लाका सुरक्षा प्रमुखहरुको र संचारकर्मिहरुको उपस्थिती रहेको थियो ।