ताजा समाचार

उत्तर दक्षिण लोकमार्ग डोल्पाली जनताको भाग्य निर्माणको आधार;निर्वमान मन्त्री बुढा

विष्णुप्रसाद देवकोटा

संघिय सरकारका निर्वतमान शहरी विकास मन्त्री तथा सांसद धनबहादुर बुढाले उत्तर दक्षिण जोड्ने लोक मार्ग(भेरिकरिडोर) सडक डोल्पाली जनताको भाग्य निर्माणको आधार भएको बताउनु भएको छ ।

विहिवार मात्र डोल्पा पुग्नु भएका निर्वतमान शहरी विकास मन्त्री बुढाले त्रिपुरासुन्दरी नगरपालिकाले गरेको सम्मान त्था स्वागत कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उक्त कुरा बताउनु भएको हो ।उत्तर दक्षिण नाकाको रुपमा चीन,नेपाल र भारत जोड्ने त्रिदेशीय ब्यापारीक सडकको रुपमा रहेको भेरिकरिडोरलाई जोड्नु आफ्नो लक्ष्य र सपना भएको बताउनु भयो ।

उहाँले भन्नु भयो “जाजरकोट डोल्पा सडक खण्ड अन्तरगत ६ ठाउँमा मोटरेवल मुल निर्माण गर्न आवश्यक छ ,जब सम्म मोटरेवल पुल बन्दैनन् तब सम्म सडकले डोल्पा दुनैलाई छोएको पुर्णआभास भएको मानिदैन ।”डोल्पामा रहेका मोरिम्ला र क्याटो नाका सडकमा जोडिएपछि भेरिकरिडोर सडकको महत्व थप चुलिने बुढाको भनाई थियो ।

भेरिकरिडोर अन्तरगतको जाजरकोट डोल्पा सडकको स्तरउन्नतीका साथै डोल्पाका आठ वटै स्थानीय तहका सबै गाउँबस्तीमा सडक पुर्याउनु पनि आफ्नो लक्ष्य र सपना भएको उल्लेख गर्दै स्थानीय, प्रदेश र संघिय सरकारको सहयोग र जिल्लास्थित राजनीतिक दल नागरिक समाज सबैको सहयोगमा डोल्पाका सत्तरी प्रतिसत गाउँबस्तीमा सडक पुगेकोमा सबै धन्यावादका पात्र भएको निर्वमान मन्त्री बुढाले बताउनु भयो ।

आफ्नो चार महिने मन्त्री कालमा भेरिकरिडोर अन्र्तगत जारकोट डोल्पा सडकको लागि एक अरब ४ करोड विनियोजन गरेकाले यो सडकलाई बहुउदेश्यीय महत्वको सडक बनाउनु पर्नेमा जोड दिनु भयो ।

यसको लागि अझै ४ अरब २४ करोड रुपियाँ निरन्तरता आवश्यक पर्ने भएकाले यस तर्फ राजनीतिकदल स्थानीय सरकारका जनप्रतिनिधि  नागरिक समाज र संचारकर्मी सबैको रचनात्मक सकरात्मक सहयोग र पहलको हुनु आवश्यक रहेको बुढाको भनाई छ ।

आफुलाई डोल्पाली जनताले तीन तीन पटक भारी मतले विजयी बनाई पठाउनु भएका डोल्पाली जनताको माया र सहयोग अपार रहेकोमा मन्त्री हुँदा जिल्लामा आएर जनताको घरदैलोमा पुग्ने चाहना र सोच भएपनि राजनीतिक फेरबदलका कारण सम्भव नभएको सांसद बुढाले बताउनु भयो ।

सदैब डोल्पाली जनताको ह्रदयमा मन्त्री नै भएर रहिरहेको उल्लेख गर्दै मन्त्री हुँदा जिल्लाको समग्र विकासको लागि जे जतति बजेट परेको छ कोही कसैको गुनासो नआउने गरि पार्दर्शिरुपले कार्यान्वयनमा ल्याउन सबैको सहयोग आवश्यक पर्ने उहाँको भनाई थियो ।

निवर्तमान मन्त्री बुढा डाेल्पा पुग्दा त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र बुढा उपप्रमुख देवि घर्ती लगायत नगरपालिकाका कर्मचारी र सर्वसाधारणले वाजागाजाका साथ भब्यरुपले स्वनगत गरिएकाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!