डाेल्पान्यूज डेक्स
सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेलले लोकतन्त्रबादहरु मौन हुँदा व्यवस्था बिरोधीहरु सलवलाएको बताउनु भएकाे छ ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले आयोजना गरेको पत्रकार महिलाहरुका लागि व्यवसायिक र जवाफदेही पत्रकारिताका लागि लैंगिक सम्वेदनशिलता सम्बन्धि तीन दिने तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कंडेलले यस्तो बताउनु भएकाे हाे ।
उहाले भन्नू भयाे , ‘हाम्रा केही समस्याहरु छन् । गल्तिहरु पनि भएका होलान् । त्यसैका आधारमा व्यवस्थाको बिरोध गर्नु उचित छैन् ।कम्जोरीहरुलाई सुधार गर्दै लोकतान्त्रीक व्यवस्थाको रक्षा गर्नु हामी सबैको दायित्व भएकाे पनि मुख्यमन्त्री कडेलले बताउनु भयाे ।
मुख्यमन्त्री कंडेलले प्रदेश सरकारले निर्माण गर्न लागेको आमसंचार कानुन सबैको भावनाको कदर हुने गरी ल्याईने बताउनु भयाे ।बन्न लागेकाे कानुनमा अधिकार भन्दा पनि सुविधा र संरचनाका कारण बिबाद सिर्जना हुँदै आएकाले उक्त कानुन निर्माण हुन सकिरहेको छैन् । सुविधा र संरचनामा सरकारले ठुलो आर्थिक दायित्व लिन सक्ने अवस्था छैन् । किन भने सरकार नै आर्थिक हिसावले निकै कम्जोर अवस्थामा छ ।
यस प्रति पत्रकार साथिहरुको पनि सहयोगको अपेक्षा गरेका हौँ ।’कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले लोकतन्त्र बलियो बनाउन पत्रकारहरुको कलम पनि बलियो हुनुपर्ने बताउनु भयाे ।
उहाले भन्नु भयाे, ‘नेपालको संबिधानले केही गर्न सकेन् भन्ने पार्न खोजिएको छ । यसले हामीलाई धेरै अधिकारहरु प्रदान गरेको छ । संबिधानले परिकल्पना गरेको लोकतान्त्रीक व्यवस्थाको रक्षा हाम्रो दायित्व हो ।’
अहिले पत्रकार मात्र नभई आम नागरिकहरुको अभिव्यक्ति स्वतन्त्रता खोस्ने प्रयास भईरहेको उहाँको भनाइ थियाे । अभिव्यक्ति स्वतन्त्रता खोसेर पत्रकारहरुलाई नै कम्जोर बनाउदा लोकतन्त्रलाई नै कम्जोर बनाउन सकिने भएकाले हामीमाथि प्राहार भईरहेको उहाँले बताउनु भयाे।
हामीले नै संघर्ष गरेर ल्याएको व्यवस्था र परिवर्तनको पक्षमा हामी दरो रुपमा उभिने बेला आएको छ । यस प्रति हामी सचेत हुनुपर्छ ।अध्यक्ष शर्माले पछिल्लो समय नेपाल संचार क्षेत्र संकटमा रहेको बताउदै प्रदेश पनि त्यसबाट अछुत्तो नरहेको बताउनु भयाे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष बिष्णु शर्माले कर्णालीका पत्रकार महिलाहरुको क्षेमता विकासका साथै व्यवसायिक विकासका लागि आफुहरु लागिपरेको बताउनु भयाे । कार्यक्रममा नरेशसिंह थापा, धर्मराज जिसी, शुशील शर्मा, सीता वली, अप्सरा बिष्ट लगायतका वक्ताहरुले कर्णालीको समग्र पत्रकारिता क्षेत्रलाई व्यवसायिक रुपमा विकास गर्न जरुरी रहेको बताउनु भएकाे थियाे ।
महासंघले पहिलो चरण सुर्खेत, दैलेख, जाजरकोट र सल्यानमा सक्रिय पत्रकारिता गरिरहेका ४० जना पत्रकार महलिाहरुका लागि तालिम आयोजना गरेको महासंघका महासचिव खगेन्द्र भट्टराईने जानकारी दिनु भयाे। उहाका अनुसार बाँकी रहेका कर्णाली प्रदेशका ६ जिल्लाका पत्रकार महिलाहरुका लागि आगामी दिनमा तालिम दिने तयारी रहेको छ ।

डोल्पा न्यूज । १ चैत्र २०८१, शुक्रबार १२:५६