डोल्पा – हिमाली जिल्ला डोल्पामा जिल्ला स्तरीय युवा मानवअधिकार रक्षक सञ्जाल गठन गरिएको छ । शुक्रवार सदरमुकाम दुनै स्थित सिदार्थ होटलमा एक औपचारिक कार्यक्रमका बीच तुफान डाँगीको अध्यक्ष्ातामा मा जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको हो । उपाध्यक्षमा हिरा वि.क, समावेसी उपाध्यक्षमा पवि शाही , महासचिवमा सन्देश नेपाली, सचिवमा मेनुका बुढा, सहसचिवमा लाल बहादुर बोहरा , कोषाध्यक्षमा लक्ष्मी थापा, सहित ३५ सदस्यीय युवा मानवअधिकार रक्षक सञ्जाल गठन गरिएको छ ।
यसैगरी जिल्ला युवा भेलामा सहभागी भएका नव-युवाहरूलाई मानव अधिकार सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम संचालन भएको छ । अभिमुखिकरण कार्यक्रममा मानवअधिकारको अवस्था र मानवअधिकार प्रवर्धन र संरक्षणका विषयमा मानवअधिकार कर्मी रण बहादुर कार्कीले सहजीकरण गरेका हुन् । यस्तै मानवअधिकार रक्षक र भुमिका, काम कर्तव्य अधिकारीको विषयमा पनि प्रस्तुतीकरण भएको थियो ।
गाउँ समाजमा हुने विकृति, कुरिति, मानवअधिकार उल्लंघनका विषयमा मानवअधिकार रक्षकले खबरदारी गर्नुका साथ सरोकारवाला निकायको ध्यानाकर्षण गराउनु पर्दछ ।
प्रमुख जिल्ला अधिकारी राेम बहादुर महत का अनुसार मानवअधिकार रक्षक निष्पक्ष, अनुशासित र स्वतन्त्र हुनु पर्दछ । उनले भने, गाउँ समाज हुने विकृतिका विषयमा आवाज उठाउनुका साथै कानुनले व्यवस्था गरेका निकायमा खबर गर्नुपर्दछ “।
रोयम नेपालका कर्णाली प्रदेश संयोजक सन्तोष विकका अनुसार मानव अधिकारको विषयमा बोल्न र काम गर्नको लागि अध्ययनशिल र निष्पक्ष हुनु पर्छ । उनले भने, जिल्लामा मानवअधिकार रक्षक संजाल गठन भएको छ । संजालका सवै सदस्य संगठित भएर मानवअधिकार उल्लघंनका विषयमा आवाज उठाउनुका साथै सरोकारवाला निकायको ध्यानाकर्षण गुर्न पर्दछ”।
ग्रामिणमुखि युवा अभियान नेपाल (रोयम नेपाल)ले युवा मानवअधिकार रक्षक सञ्जाल गठन गर्नुका साथै बुधबार मानव अधिकार सम्बन्धि जिल्ला स्थित सरोकारवाला निकायहरु सग अभिमुखिकरण कार्यक्रम सञ्जालन गरिएको थियो ।
कार्यक्रममा डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी महत, जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएस्पी हरीकृष्ण केसी, गैर सरकारी महासंघ कर्णाली प्रदेश सचिव रण बहादुर कार्की लगाएत जिल्लाका युवाहरुको सक्रिय उपस्थित रहेको थियो।