ताजा समाचार

नगरको समन्वय विना सरुवा भइ आएका प्रमुख प्रशासकीय अधिकृत शाहीले  हाजिर हुन पाएनन्

विष्णुप्रसाद देवकोटा

जाजरकोटको नलगाड नगरपालिकामा सरुवा भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई नगरपालिकाले हाजिर हुन दिएको छैन ।

नलगाड नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्राई सरुवा भएलगत्तै नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका गोपाल शाहीलाई नगरपालिकाले हाजिर हुन नदिएको हो ।

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पद रिक्त नभएको अवस्थामा आफुसंग कुनै समन्वय नै नगरि जानकारी नै नदिई मन्त्रालयबाट खटाइएका प्रमुख प्रशासकीय अधिकृत गोपाल शाहीलाई कार्यालयमा कामकाजमा खटाउन असमर्थ रहेको नलगाड नगरपालिकाले जनाएको छ ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प.सं ०८१।०८२चनं ७७ मिति ०८१।०४।२७ पत्र मार्फत नलगाड नगरपालिका जाजरकोटको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कर्मचारी संकेत नं २१९६४८ का गोपाल शाहीलाई खटाएको थियो ।

पसं ०८१।०८२ चनं २३८ मिति २०८१।०५।०६ गते मन्त्रालयलाई पत्र पठाउदै नयाँ सरुवा भएर आएका गोपाल शाहीलाई हाजिर नगराएर फिर्ता पठाइएको र साविकमा कामकाज गर्दै आउनु भएका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्राईलाई पुन खटाईदिनु हुन भनेर नगरप्रमुख डम्बरबहादुर रायतद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

दिनेश भट्टराईको सरुवा मन्त्रालयले सुचना आयोगमा गरेको छ भने नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका गोपाल शाही जिल्ला समन्वय समिति जाजरकोटमा कार्यरत हुनु हुन्थ्यो ।

जाजरकोटको त्रिभुवन माबिको सम्पत्ती नासिमासि सम्बन्धमा गठित छानवीन समिति समेत भट्टराईको संयोजक्त्वमा बनाइएको र काम अधुरो रहेकाले भट्टराईलाई यथावत राख्न माग गरिएको नगरप्रमुख रावतले मन्त्रालयलाई माग गरेको पत्रमा उल्लेख छ ।

नलगाड नगरपालिकाका नगरप्रमुख डम्बरबहादुर रावतसंग प्रतिक्रियाको लागि मोवाइल नम्बर ९७४२२३६३३५ मा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

नलगाड नगरपालिका भित्र नगरप्रमुख रावत र साविकका प्रमुख प्रशासकीय अधिकृत भट्टाई बीच नगरपालिका भित्र हुने अदृश्य आर्थिक अनियमितताको सन्जाल पर्दाफास हुने डरले पनि नगरप्रमुख रावतले भट्टराईलाई नै प्रमुख प्रशासकीय अधिकृत कायम राख्नमा मरिहत्ते गरिरहेको स्रोतको दावी छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!