डाेल्पा,मङ्सिर २ गते ।डाेल्पामा सरुवा भएर आएका नयाँ प्रमुख जिल्ला अधिकारी तुल्सी प्रसाद दाहालले प्रशासनबाट प्रवाह गरिने नागरिक सेवा प्रवाहमा कुनै कमि नहुने बताएका छन ।
जिल्लाका विभिन्न सराेकारवाला निकायसंगकाे भेटघाट कार्यक्रममा उक्त कुरा बताएका छन । केही दिन पहिले सरुवा भएर डाेल्पा पुगेका प्रजिअ दाहालले शुक्रबार जिल्ला स्थित क्रियाशील पत्रकार,नागरिक समाज,उधाेग बाणिज्य संघ,नेपाल रेडक्रस,गैह्र सरकारी महासंघ लगाएतका प्रतिनिधिसंग भेटघाट गरि जिल्लाकाे समग्र बस्तुस्थितिका बारेमा जानकारी समेत लिएका छन ।
भेटघाट कार्यक्रममा उधाेग बाणिज्य संघ डाेल्पाका अध्यक्ष लालिमान बुढा,नागरिक समाज डाेल्पाका अध्यक्ष शेर बहादुर बुढा,पत्रकार महासंघ डाेल्पाका अध्यक्ष सराेज थापा,पत्रकारहरु बिष्णुलाल बुढा,टेक बहादुर शाही,लेख बुढा,आन्नद सिंह रावल,नेपाल रेडक्रस साेसाइटी डाेल्पाका मन्त्री गाेर्ख बहादुर बुढा,गैसस सदस्य सलिन बुढा लगाएतका ब्यक्तिहरुले प्रजिअ दाहाललाई जिल्लाकाे समग्र अवस्थाकाे बारेमा जानकारी सहित सुझाव दिएका छन ।
भेटघाटमा जिल्लाकाे समग्र सुरक्षा, नागरिकलाई प्रवाह गर्ने सेवा, बिकासनिर्माण,यातायात,सडक,पुल,व्यवसाय,कालाेबजारी लगाएतका बारेमा छलफल गरिएको थियाे ।
यस्तै कानुन संवत् जिल्ला प्रशासनबाट आम सर्वसाधारणलाई दिन मिल्ने सुचना सहजै रुपमा उपलब्ध गराउने ब्यबस्था गर्न डाेल्पाका पत्रकारले प्रजिअलाई आग्रह गरेका थिए ।