ताजा समाचार

आंखाकाे ज्याेति फर्किएपछि ८० बर्षिय बृद्धले  देखेकाे नयाँ संसार 

विष्णुप्रसाद देवकोटा

डाेल्पा,कात्तिक २४ गते ।

उमेरले ८० काे नेटाे काट्नु भएका बृद्धलाई अहिलेकाे आधुनिक संसार देखम्ला भन्ने कल्पना सम्म थिएन ।

६० वर्षकाे उमेरमा दुबै आंखाकाे ज्याेति गुमाउनु भएका त्रिपुरासुन्दरी नगरपालिका -३  का कर्णबीर विश्वकर्माले आफ्नै घरआगनमा आयाेजना भएकाे संयुक्त स्वास्थ्य शिविरमा  आंखाकाे शल्यक्रिया जब गर्न पाउनु भयाे तब उहाँले नयाँ संसार देख्नु भयाे ।

मैले अहिलेकाे संसार देखुला भन्ने कल्पना सम्म गरेकाे थिइन तर  आंखाकाे जाेति गुमाएकाे २० वर्षपछि नयाँ संसार देख्न पाउँदा खुशि भएकाे विश्वकर्माले बताउनु भयाे ।

२० वर्षअघि गाउँमा  घाेरेटाे बाटाे सम्म थिएन तर अहिले त चिप्ला सडक अनि हुइहुइति गुडेका सवारीले बाटाेमा हिड्नै मुस्किल रहेछ अब त सुविधा पनि धेरै थपिएछ उहाँले भन्नू भयाे ।यसैगरी त्रिपुरासुन्दरी-२ कि ७४ वर्षिया धुना बुढाले पनि नयाँ जीवन पाएकाे बताउनु भयाे ।

आँखा नदेख्दा जीवन भएर पनि मरितुल्य हुदाे रहेछ शल्यक्रिया पछि आँखा खुलेसंगै नया संसार देख्न पाइयाे तब जीवन पाएकाे अनुभुति  भएकाे  बताउनु भयाे ।विश्वकर्मा र बुढाले मात्र हाेइन त्रिपुरासुन्दरी नगरपालिकाकाे स्वास्थ्य चाैकीमा संचालित दुई दिने विशेषज्ञ संयुक्त स्वास्थ्य शिविरवाट  ४९ जनाले आखाको शल्यक्रिया पछि नयाँ संसार देख्नु भएकाे छ ।

आंखाकाे शल्यक्रिया सहितकाे संयुक शिविरवाट आंखाका विरामी देखि हाडजोर्नी दम नशा सम्बन्धि लगायतका विरामीले सुलभ स्वास्थ्य सेवा पाएका छन ।

नगरपालिका लगायत सहयाेगि संस्थाहरुले गरेकाे यस्ताे कामले  दुर्गम पिछडिएका र आर्थिक विपन्न परिवारका नागरिकलाई राहत पुगेकाे ८० वर्षीय बृद्द विश्वकर्माले बताउनु भयाे । दुई दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरवाट १ हजार ४ सय १६ जनाले  प्रत्यक्ष स्वास्थ्य लाभ लिएका छन ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा त्रिपुरासुन्दरी नगरपालिका डोल्पाको समन्वयमा  शिविरको आयोजना गरिएको थियो।

शिविरमा आँखा, कान, घाँटी, नाक, हाड जोर्नी, लगाएतका विरामीहरुकाे  स्वास्थ्य  परीक्षण गरिएकाे छ ।

त्रिपुरासुन्दरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठले पहिलाे दिनमा ९ सय ४४ जनाकाे स्वास्थ्य परीक्षण भएकाे र शिविरको अन्तिम दिन शनिबार ४ सय ७२ गरी जम्मा १ हजार ४ सय १६ जनाले सेवा लिएको बताउनु भयाे।

उहांका अनुसार स्वास्थ्य परीक्षण गराएका मध्य सबैभन्दा बढी हाडजोर्नी  तथा नशा सम्बन्धिका विरामी रहेको पाइएको छ।

विषेशज्ञ स्वास्थ्य शिविरको शुक्रबार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, मन्त्रालयका सचिव दीर्घ बहादुर पोख्रेल लगाएतको टोलीवाट संयुक्त रुपमा शिविरको उद्दघाटन गरिएकाे थियाे ।

त्रिपुरासुन्दरी नगरपालिका , नेपाल रेडक्रस सोसाइटी, तिलगंगा आँखा अस्पताल, सुर्खेत आँखा अस्पतालको आर्थिक तथा प्राविधिक सहयोगमा तथा नेपाल रेडक्रस डोल्पा शाखा दुनै र उपशाखा त्रिपुराकोट डोल्पाको आयोजनामा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया आँखा शिविरको समेत संचालन गरिएको थियो।

कर्णाली प्रदेशका स्वास्थ्य सेवा निर्देशक डाक्टर रविन खड्काकाे नेतृत्वमा डा.सुशीला समदर्शी, डा. संजाेग शिवाकोटी, डा.जागृति खनाल ,डा. गणेश तिवारी,डा.लक्ष्मीनारायण तिवारी र डा. तेजेन्द्र अधिकारी सहितकाेविशेषज्ञ  चिकित्सककाे टाेलिबाट स्वास्थ्य परीक्षणका साथै उपचार समेत गरिएको थियो।

त्रिपुरासुन्दरी नगरपालिकाका मेयर जनचन्द्र राेकायाले नगरवासिकाे स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर स्वास्थ नगर स्वास्थ नागरिककाे भावना अनुरुप समयसमयमा प्रभावकारी र प्रत्यक्ष रुपमा नागरिकले सेवा पाउन सक्ने गरि शिविरकाे आयाेजना गरिदै आएकाे र आगामी दिनमा पनि निरन्तरता दिने बताउदै सहयाेगी संस्थाहरुप्रति कृतज्ञता ब्यक्त गर्नु भएकाे छ ।

निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा बढीभन्दा बढी नागरिकले स्वास्थ्य सेवा लिन सकुन भनेर कात्तिक ९ गतेदेखि त्रिपुरासुन्दरी नगरपालिकाका एघार वटै वडामा नगरपालिका स्वास्थ्यकर्मी परिचालन गरि आंखाका विरामीकाे छनाैट तथा अन्य राेगका विरामीकाे लागि शिविरमा आउन सहज हाेस भनि घरदैलोमा पुगेर प्रचारप्रसार समेत गरिएकाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!