जगदुल्ला गाउँपालिकाकाे काइगाउमा भएकाे महिला भलिबल प्रतियोगिता सम्पन्न भएकाे छ ।माघि पर्वकाे अवसरमा पाइले हिमाल युवा क्लब काइगाउँ डाेल्पाकाे आयाेजनामा महिला भलिबल प्रतियोगिताकाे आयाेजाा गरिएकाे थियाे ।
सम्पन्न महिला भलिबल प्रतियोगितामा त्रिपुरासुन्दरी नगरपालिका वडा नं.११ बन्तडी महिला भलिबल टिम प्रथम भएकाे छ।
यस्तै उक्त प्रतियोगितामा जगदुल्ला गाउँपालिका वडा नं. ४ चाैरीकाेट द्वितीय र जगदुल्ला गाउँपालिका वडा नं. २ काइगाउँ महिला भलिबल टिम तृतीय भएकाे छ। प्रतियोगितामा ५ टिमकाे सहभागीता रहेकाे थियाे।पाइले हिमाल युवा क्लब काइगाउँका अध्यक्ष हरिमान थापा अमृतका अनुसार
महिला भलिबल प्रतियोगिता लगाएतका विधागत क्षेत्रमा विभिन्न स्थान ल्याउने खेलाडी र टिमलाई माघ ११ गते मेडल प्रमाणपत्र सहित नगद पुरस्कार वितरण गरिने छ ।